युवा समिति दोलखाद्वारा आयोजित वतृत्वकलामा रामचन्द्र केसी प्रथम हुन सफल


 

 

युवा समिति दोलखाद्वारा आयोजित  वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनभएका रामचन्द्र केसीले प्राप्त गरेको प्रथम पुरस्कार राशी नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणमा सहयोग गर्ने उद्घोष गर्नुभएको छ । युवा समिति दोलखाखले आयोजना गरेको सम्बृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भुमिका विषयक जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगीता प्रथम स्थान हासिल गर्न सफल भिमेश्वर नगरपालिका ५ माटी निवासी रामचन्द्र केसीले जिल्ला युवा समितिले प्रदान गरेको ४ हजार राशीमा थप गरी सहयोग गर्ने वताउनु भएको हो

युवा प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत आयोजित प्रतियोगितामा रामचन्द्र केसी प्रथम, रविन्द्र ढुङगेल द्धितिय, राजन बस्नेत तृतिय र अषेश काफ्ले सान्त्वना हुनु भएको जिल्ला युवा समिति दोलखाका कम्प्युटर अपरेटर कमला न्यौपानले जानकारी दिनुभयो । विजयी प्रतियोगीहरुलाई क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने केसी  यही असार २३ मा हुने प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगीतामा सहभागी हुन पाउनु हुने छ । केसी सहभागिताको लागि हेटौडा तर्फ लाग्नु भएको छ । जिल्ला युवा समिति दोलखाका अध्यक्ष धिरज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा समिति कार्यालय दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ र नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्केले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित