जिल्ला युवा समितिद्वारा दोलखाका ३ युवाको सम्मान,

 

 

जिल्ला युवा समिति दोलखाले दोलखाका ३ जना युवा उद्यमीको सम्मान गरेको छ । जिल्ला स्तरीय युवा प्रतिभा तथा उद्यमीको खोजी र प्रोत्साहन कार्यक्रम अन्तरगत समाजसेवा तथा स्वयमं सेवा विधामा नीता राउत ,विज्ञान,सुचना,सञ्चार तथा प्रविधिमा राजकुमार ढुङगेल र युवा व्यवसाय,उद्यमी तथा सञ्चार विधामा गोकर्ण भण्डारीलाई जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि डवल पाण्डेले सम्मान गर्नुभएको हो । सम्मानसंगै ७ हजार राशीको पुरस्कार समेत प्राप्त प्रदान गरिएको छ  । सम्मानपछि  नीता राउतले आफूले प्राप्त गरेको पुरस्कार राशी गौरीशकर बालगृहका बालबालिकाका लागि सहयोग गर्ने वताउनु भएको छ । अर्का सम्मानित युवा राजकुमार ढु«ङगेलले पनि जोखिममा परेका बालबालिकाको शिक्षामा सहयोग गर्ने वताउनु भएको छ ।
क्रियाशील महिला पत्रकार शाखा दोलखाकी अध्यक्ष समेत रहनुभएकी सम्मानित युवा नीता राउत विनाशकारी भुकम्पपछि सामाजिक कार्यमा अग्रसर हुदै आउनु भएको छ । हाल नीता राउत फाउण्डेश मार्फत तराइका बाढी प्रभावितलाई राहत सहयोग,मृगौला पीडितलाई सहयोग,माझी वस्तीका ७० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण,विद्यालयका बालबालिकालाई स्टेशनरी,विद्यालय,विपन्न बालिकाको अभिभावकत्व ग्रहण,काठमाण्डौमा रहेका एचआइभि सङक्रमित बालबालिकाको लागि सहयोग लगायत गौरीशंकर वालगृह,दृष्टिविहीन बालबालिका लगायतलाई निरन्तर सहयोगका काम गर्दै आउनु भएको छ । 
यसै गरी युवा व्यवसाय,उद्यमी तथा सञ्चार विधामा सम्मानित गोकर्ण भण्डारी करिव ७ वर्षदेखि विभिन्न सञ्चार माध्यममा रहेर समाचारको माध्यमवाट सामाजिक रुपान्तरणमा सहयोग गर्दै आउनु भएको छ ।  राष्ट्रिय समाचार समिति,  सेतो गुराँस अनलाईन सम्पादक र भिमेश्वर साप्ताहिकको सम्पादकको जिम्मेवारी वहन गर्दै आउनु भएको छ भने केही समय अगाडि दोलखा चिलंखाका अभिभावक विहीन बालबालिकालाई सहयोग जुटाएर हस्तान्तरण गर्नुभएको छ । 
विज्ञान,सुचना,सञ्चार तथा प्रविधिमा विधामा सम्मानित राजकुमार ढुङगेल लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरिरहनु भएको छ । दोलखाको शैल्ुाङ गाउँपालिका स्थायी घर भएका ढुङगेलले विभिन्न संघसस्थाको सहयोग शैलुङ गाउँपालिकाको वाघखोर वजारमा फ्रि वाइफाई जडानको काम गर्न सहयोग गर्नुभएको थियो भने यस अगाडि राष्ट्रिय पुन निर्माण प्राधिकरण दोलखामा कम्प्युटर अपरेटर भएर काम गरिरहदा  सुचना व्यवस्थापनमा उल्लेखनीय भुमिका निर्वाह गर्नु भएको थियो । ढुगेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि सचिव समेत रहनु भएको छ ।
जिल्ला युवा समिति दोलखाका अध्यक्ष धिरज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  

 


युवाहरुका लागि नेतृत्व क्षमता विकास तालिम
जिल्ला युवा समिति दोलखाले युवाहरुका लागि एक दिवसीय क्षमता विकास तालिमको आयोजना गरेको छ । नेतृत्व लिन सक्ने युवाको क्षमता विकास गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष धिरज सुवेदीको भनाई छ । 
तालिम कार्यक्रमको उद्घाटन मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले कुलत,गलत,विकृति र विसंगती अन्त्यको लागि युवाको भुुमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो । युवामा असिमित सम्भावना भएकोेले मुलुकको सम्वृद्धिको लागि युवाको क्षमता विकास जरुरी रहेको भन्दै सवै क्षेत्रमा युवाको भुमिका महत्वपूर्ण हुने वताउनु भयो । 
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले स्वस्थ,कर्मठ र उद्यमी युवाबाट नै नयाँ नेपालको सम्वृद्ध नेपाल,सुखी नेपालीको परिकल्पना साकार हुने धारणा राख्नु भयो । एक दिवसीय कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका वरिष्ट कार्यक्रम अधिकृत नारायण सेढाइले युवामा नेतृत्व विकासको आवश्यकताका विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा दोलखाका ३० भन्दा वढी युवाको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध