कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर मेलुङ गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

 

रेडियो शैलुङ दोलखा
कृषि,पशु,वन,पर्यटन विकासको आधार,स्वास्थ्य शिक्षा,सडक समृद्ध मेलुङको पूर्वाधार भन्ने मुल आधारलाई प्राथमिकतामा राखेर दोलखा मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०७५।०७६ को नीति,कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलुङ गाउँपालिका उपप्रमुख कल्पना भण्डारीले ४० करोड वरावरको नीति कार्यक्रम तथा वजेट सार्वजनिक गर्नु भएको हो ।
  आगामी आर्थिक वर्षको प्रस्तावित वजेट तथा कार्यक्रमका लागि नेपाल सरकारवाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ११ करोड ९६ लाख,सशर्त अनुदान १५ करोड ४७ लाख,राजस्व वाँडफाँड ५ करोड ३९ लाख ७४ हजार,प्रदेश सराकारवाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७७ लाख ९२ हजार,सशर्त अनुदान १ करोड ३९ लाख,आन्त्िक आम्दानी १० लाख र सञ्चित वचत ५ करोड समेत गरी ४० करोड ८९ हजार रकम वजेट प्रस्ताव गरेको छ ।


कृषि क्षेत्र प्राथमिकतामा
कृषिमा युवालाई आकर्षित गर्ने उद्धेश्यसहित कृषि विकासका लागि विभिन्न निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको मेलुङ गाउँपालिकाले महत्वपूर्ण नगदेवालिको रुपमा रहेको आलु उत्पादनलाई प्रोत्साहन गर्न रस्टिक स्टोर निर्माणका लागि ४५ लाख रकम विनियोजन गरेको छ भने कृषि उपज सङलन तथा विक्री केन्द्र निर्माणका लागि ३० लाख र टनेल प्लाष्टिक तथा साना कृषि औजार सहयोगका लागि २० लाख,मागमा आधारित मौसमी तथा वेमौसमी तरकारी खेती कार्यक्रमका लागि १५ लाख विनियोजन गरेको छ भने यसैगरी पशुपालनलाई व्यवसायिक वनाउन पशु विमाका लागि १४ लाख ,फलफूल खेतीका लागि २६ लाख वजेट नीति तथा कार्यक्रममा व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । पशुपालनलाई व्यवसायिक वनाउन नष्ल सुधार ,नमुना गोठ सुधार,औषधी तथा खोप अनुदानको समेत व्यवस्था गरेको छ ।  व्यवसायिक खेती शुरुवातका लागि यो वर्षमा कम्तिमा ३ सय रोपनी क्षेत्रफलवाट कामको शुरुवात गर्ने भएको छ ।
गाउँपालिका क्षेत्रको उपयुक्त स्थलमा एक नमुना अर्गानिक कृषि फार्म सञ्चालन गर्ने,सुधारिएको गोठ व्यवस्थापनसहित कम्तिमा ५ वटा उन्नत गाई वा भैसी पालन गर्ने कृषक,कम्तीमा १० वंगुर,३५ वाखा्रा र १५० भन्दा वढी स्थानीय जातका कुखुरा पाल्ने व्यवसायिक फार्ममा समेत प्रोत्साहन अनुदान सहयोग गर्ने व्यवस्था गरेको छ । विनाशकारी भुकम्पका कारण माथि आउन नसकेको जीवनस्तर सुधार गर्न कृषि व्यवसायीकरणको विकल्प नभएको भन्दै कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको गाउँपालिका प्रमुख नर वहादुर श्रेष्ठको भनाई रहेको छ ।


शिक्षा र स्वास्थ्य
समय सुहाउँदो र जीवनउपयोगी शिक्षाका लागि भन्दै गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापनाका लागि ८० लाख रकम विनियोजन गरेको छ । सवै माध्यमिक विद्यालयमा स्काउट शिक्षाका लागि विद्यार्थी स्काउट पोशाक व्यवस्थापनको लागि ९ लाख,शिक्षामा आधुनिक पद्धति सहयोग १५ लाख रकम निती कार्यक्रम र वजेट मार्फत सार्वजनिक गरेको छ । यसैगरी एस इ इ परीक्षामा ए वा ए प्लस विद्यार्थीलाई छात्रवृत्तीको व्यवस्था मिलाएको छ । यस्तै गाउँपालिकाको वेवसाइट व्यवस्थित गरी सवै विद्यालयको विवरण अद्यावधिक गर्ने,विद्यालय समायोजन कार्यक्रम विश्लेषण गर्ने र स्थानीय परिवेशमा आधारित पाठ्यक्रम तयार गर्ने विषयवस्तु समेत उल्लेख गरको छ ।
यसैगरी स्वास्थ्य तर्फ  घरमै सुत्केरी गराउने प्रचलनको अन्त्य गरी २४ घण्टे प्रशुति सेवा सञ्चालनका कार्यक्रमलाई प्राथमिकतामा राखेर निती तथा कार्यक्रम ल्याएको छ । प्रत्येक वडामा वर्थिङ सेन्टर,एम्वुलेन्स खरिद,योग शिविर लगायतका कार्यक्रम उल्लेख गरेको छ । गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा,स्वास्थ्य विमा कार्यक्रमका लागि वजेट व्यवस्था गरेको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
मेलुङ गाउँपालिकालाई महिलामैत्री,बालमैत्री र अपाङगमैत्री गाउँपालिकाको रुपमा विकास गरिने नीति सार्वजनिक गरिएको छ । पछाडि पारिएका समुदायका लागि आर्थिक उन्नतिका विशेष कार्यक्रम सञ्चालन लगायत लक्षित वर्ग कार्यक्रम सञ्चालनका लागि १० लाख रकम विनियोजन गरेको छ । यसैगरी सार्वजनिक नीति कार्यक्रम र वजेटमा हिंसा पीडित महिला सहायता कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गर्ने भनेको छ ।
मेलुङ गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वार्षिक आवधिक योजना वनाउने र सु्न्दर शान्त मेलुङ वाटिका निर्माणको काम थालनी गर्ने भनेको छ । भने विभिन्न जातजाति विशेष साँस्कृतिक पराम्परा झल्काउने संस्कृति प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्ने र विद्यमान ऐतिहासिक,धार्मिक,साँस्कृतिक सम्पदाको संरक्षण,प्रवद्र्धनको कार्यका लागि अध्ययन अनुसन्धानको व्यवस्था मिलाउने गरी नीति वनाएको छ । एक घर एक धारा,एक घर एक शौचालयको खानेपानी तथा सरसफाई नीतिमा समावेश गरेको छ । यसैवीच प्रत्येक वडामा एउटा खेल मैदानको अवधारणालाई पनि कार्यक्रममा समावेश गरेको छ । पुर्वाधार विकास तर्फ सदावहार सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ भने गाउँपालिकाको समग्र गतिविधिको आम जनतालाई सुसूचित गर्न मेलुङ सेरोफेरो रेडियो कार्यक्रम सञ्चालन पनि नीति र कार्यक्रममा समावेश गरेको गाउँपालिका प्रमुख नर वहादुर श्रेष्ठको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते

अविलर बर्षाका कारण दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते भएका छन् भने तीन वटा घर पूर्ण रुपमा क्षति भएको छ

दोलखाको तामाकोशीमा वस दुर्घटना, ५ जना घाइते ।

रेडियो शैलुङ्ग दोलखा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा बस दुर्घटना हुँदा ५ जना यात्रु सामान्य घाईते भएका छन् ।  दुर्घटनामा तामाकोशी

युवा समिति दोलखाद्वारा आयोजित वतृत्वकलामा रामचन्द्र केसी प्रथम हुन सफल

    युवा समिति दोलखाद्वारा आयोजित  वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनभएका रामचन्द्र केसीले प्राप्त गरेको प्रथम पुरस्कार राशी नेपाल पत्रकार