माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर अनुकुल समयमा खुलाउन दोलखाका नागरिक समाजको अनुरोध ।

 


रेडियो शैलुङ्ग दोलखा/ माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर अनुकुल समयमा खुलाउन माग गर्दै नागरिक समाज दोलखाले आयोजनाको ध्यानाकर्षण गराएको छ ।

दोलखाका नागरिक समाजका अगुवाहरुले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर प्रतिकूल समयमा आव्हान गरिएको भन्दै स्थगित गर्न माग गरेका हुन् ।

नागरिक समाजका अगुवाहरुले अपर तामाकोशी हाईड्रो पावर लिमिटेडले प्रतिकूल अवस्थामा शेयर आव्हान गर्दा बहुसँख्यक दोलखावासी छुट्ने सम्भावना रहेको भन्दै यस्तो माग गरेका हुन् । आर्थिक वर्षको अन्त्य,वैंक तथा वित्तिय संस्थाको समापनको समय, वर्षा, बाढी, पहिरो र खेतीको मुख्य समयमा शेयर आव्हान हुँदा स्थानीयको सहज पहुँच नहुने नागरिक अगुवाहरुको ठहर रहेको छ ।

नागरिक समाज दोलखा, जनहित नागरिक समाज र नेपाल नागरिक समाजका प्रतिनिधि, नेपाल पत्रकार महासँघ र अधिकारकर्र्मीहरुले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका छन् । असार २४ देखि साउन ९ गतेसम्मको छोटो अवधिमा सबै नागरिकले शेयर लगानी सुनिश्चित गर्न नसक्ने भएकाले यसलाई पुर्नविचार गर्नुपर्ने माग नागरिक समाजको छ ।

 

 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित