३७ आँै स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना ।


गौरीशंकर वहुमुखी क्याम्पस चरिकोट दोलखाको ३७ आँै स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेको छ ।
आज भएको भलिवल प्रतियोगितामा क्यापसमा अध्यनरत्त छात्रा तथा छात्र गरी ८ टिमको प्रतिशपस्र्दा रहेको छ । खेल ५ गते सम्पन्न हुने छ ।  २०३८ सालमा स्थापना भएको उच्च शिक्षाको क्षेत्रमा जेठो मानिने गौरीशकर वहुमुखी क्याम्पस चरिकोट दोलखाले यही चैत्र १५ गते विभिन्न कार्यक्रमका साथ वार्षिक उत्सव मनाउने तयारी गरिरहेको छ । वार्षिक उत्सवको पूर्व सन्ध्यामा भलिवल प्रतियोगिता,सास्कृतिक कार्यक्रम,कम्प्युटर टाइप प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गर्न लागेको क्याम्पस प्रमुख शान्त केसीको भनाई रहेको छ । साथै चैत्र १४ अर्थात दिवसको एक दिन अगाडि स्विस फोटोग्राफर 
Fritz Berger द्धारा दोलखाका विभिन्न ठाउँमा २०३० साल देखि २०६८ साल सम्म खिचिएका फोटाहरु सङ्कलित In the shadow of Gaurishankar नामक  पुस्तक क्याम्पसको तर्फबाट विभिन्न कार्यालय तथा संस्थालाई उपलब्ध गराउने कार्यक्रम समेत रहेको क्याम्पसले जनाएको छ भने दिवसकै दिन विभिन्न आकर्षक साँस्कृतिक कार्यक्रम लगायत गौरीशकर वहुमुखी क्याम्पस चरिकोट दोलखावाट स्नातकोत्तर तह उर्तिण सवै विद्यार्थीको सम्मान संगै महत्वपुर्ण शैक्षिक व्यक्तित्वको उपस्थिति रहने क्याम्पसले जनाएको छ ।
 वि.स. २०३८ सालमा स्थापित यो क्याम्पस जिल्लाकै एकमात्र स्नातकोक्तरसम्म अध्ययन हुने क्याम्पसको रुपमा परिचित छ । हाल यस क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका कक्षा ११ तथा १२, स्नातक तहका शिक्षा, ब्यवस्थापन तथा मानविकी र  स्नातकोक्तर तहसम्म शिक्षा अंग्रेजी, नेपाली र
EPM विषयमा अध्ययन हुदै आएको छ ।  

 

प्रतिकृया दिनुहोस

बल बिगारेपपछि स्टिभ स्मिथ र डेभिड वार्नरलाई झन्डै ३० करोड घाटा

बल बिगारेपछि अष्ट्रेलियन क्रिकेट स्टिभ स्मिथ र डेभिड वार्नरलाई करिब ३० करोड रूपैयाँ घाटा भएको छ। आइसिसिबाट एक वर्षको प्रतिवन्धमा परेका उनीहरूले एक

नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध ।

चैत ८ । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै

नेपाल पत्रकार महासंघ दोलखा र दोलखा फुटवल संघ विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ । 

चैत ३  नेपाल पत्रकार महासंघ दोलखा र दोलखा फुटवल संघ विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ ।  पत्रकार र फुटवल संघका