भिमेश्वर नगरको आर्थिक वर्ष २०७५।२०७६को  नीति तथा कार्यक्रम सार्वजनिक



रेडियो शैलुङ्ग दोलखा / भीमेश्वर नगरपालिका दोलखाले आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ८ गतेबाट सुरु भएको तेश्रो नगर सभामा उपप्रमुख कमला बस्नेतले  १६ शीर्षकमा १ सय २५ वुँदामा समेटिएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 
ऐतिहासिक,धार्मिक र साँस्कृतिक धरोहर, प्रकृति र पर्यटनले समुन्नत भीमेश्वर को  
अभियानलाई सार्थक वनाउन कृषि,पशुपालन,कृषि प्रसार तथा सिंचाईलाई पहिलो प्राथमिकतामा राखेर निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकालाई अलैची,किवि र अकवरे खुर्सानी र आलु उत्पादनलाई सुदृढ वनाइने नीति तथा कार्यक्रममा समेटिएको छ । 
नगरलाई दुध,अण्डा,र मासुमा आत्मनिर्भर वनाउने ,जैविक खेतीतर्फ कृषकलाई प्रोत्साहित गर्ने साथै कृषकले भोग्नुपरेको वाँदर आतंकलार्ई नियन्त्रण गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
उद्योग वाणिज्य तथा बजार व्यवस्थापन अन्तरगत रोकौ विदेश जान,खौलौ आफै कारखाना भन्ने नारालाई साकार पार्न युवालक्षित उद्योग स्थापनाका लागि पहल गर्ने,नगरपालिका क्षेत्रमा उद्योग,कलकारखाना तथा शैक्षिक संस्था स्थापना गर्ने लगानी कर्तालाई कर छुटको व्यवस्थाा मिलाउने लगायत वजारलाई अखाद्य वस्तु मुक्त वनाउने कार्यक्रम सार्वजनिक भएका छन् । 
  भिमेश्वर नगरपालिकाले पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकासलाई निरन्तरता दिने,पर्यटकीय आव्श्यक डकुमेन्टी वनाई सञ्चार माध्यमवाट प्रचारप्रसार गरिने भनेको छ । यसैगरी नगरभित्रका साहसिक पर्यटन क्षेत्र,हाईकिग एवं माउण्टेन वाईकिङ रूटलाई सुधार गरी युवालाई पर्यटकलाई आकर्षण गरिने छ भने फिल्मसिटीको निर्माण तथा विकास एवं रक क्लाईम्वीङ विद्यालय स्थापनार्थ सहजीकरण गर्ने कार्यक्रममा समेटिएको छ । । 

शिक्षामा हाम्रो लगानी, बिद्यालय जान्छन हाम्रा नानी अभियान अन्तर्गत भीमेश्वर नगरपालिका भित्रका सामुदायिक बिद्यालयका कक्षा १ मा अध्ययनरत सबै बिद्यार्थीहरुलाई दिवा खाजा र कक्षा ५ सम्मका सवै बिद्यार्थीलाई निशुल्क बिद्यालय पोशाक उपलव्ध गराईने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लैङिगक समानता,सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षा  
७० वर्ष नाघेका जेष्ठ नागरिकलाई नगरपालिकाबाट थप सामाजिक सुरक्षा भत्ता प्रदान गरिने कार्यक्रम आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रममा व्यवस्था गरेको छ । जेष्ठ नागरिकले समाजमा पु¥याएको योगदानको कदर गर्दै नागरिक भेटघाट कार्यक्रमको माध्यमवाट सम्मान स्वप नगरपालिकावाट थप सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भनेको हो । महिलासंग उपमेयर कार्यक्रम मार्फत  हिंसापीडित महिला,बालश्रमिक,संकटमा रहेका महिला एवं बालबालिका तथा सिमान्तकृत समुदायको आकस्मिक उद्धार,पुनरस्थापना एवं अन्य आयआर्जनका कार्यक्रम सञ्चालन ल्याइनेछ । लैङिगक विभेद,जातीय विभेद,बालविवाहजस्ता सामाजिक समस्याका विरूद्ध अभियान सञ्चालन गर्ने  साथै जुवातास र मदिरा नियन्त्रण गरी लैङिगक हिंसा मुक्त नगरपालिका वनाउने अभियान सञ्चालन गरिने कार्यक्रम रहेको छ  भने सुचना तथा सञ्चारमा महिला,महिला आत्मरक्षा कार्यक्रम,प्रतिभा पहिचान र महिला र बालिकाका लागि जीवन उपयोगी तालिम लगायतका कार्यक्रम सञ्चालन ल्याइने निती तथा कार्यक्रममा व्यवस्था गरेका छ । 

 सुचना तथा सञ्चार 
नगरपालिकाको सूचनामा नागरिकको पहँुच तथा स्वामित्व वढाउन सञ्चार माध्यमसंगको सहकार्यमा जनतासंग मेयर तथा महिलासंग उपमेयर कार्यक्रम सञ्चालन गरिने छ भने मासिक पत्रकार भेटघाट,सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम समावेश गरिएका छन् । नगरका सवै वडामा सुचना प्रविधिको स्तरोन्नति गर्न इन्टरनेत व्याण्डविथ विस्तार गर्ने,सवै पञ्जीकरण सम्वन्धि काम अनलाईन पद्धतिवाट गर्ने भनेको छ । 

   नगरपालिका क्षेत्रको मुख्य सडक र वडा केन्द्र जोड्ने सडकहरुलाई आगामी ४ बर्ष भित्रमा सदावहार यातायात सञ्चालन हुने गरी स्तरोन्नति गरिने भनेको छ भने  नगर क्षेत्रमा सडकको नयाँ ट्रयाक खन्ने कार्यलाई निरुत्साहित गर्ने भएको छ । नयाँ सडकको ट्रयाक खोल्नु परेमा नगरपालिकावाट पूर्व स्विकृति लिएर आफ्नै खर्चमा मात्रै खन्न सकिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।...
.यसैवीच प्रतिनिधि सभाका सांसद पार्वत गुरुङ्गले सदरमुकाम चरीकोटमा एयरपोर्ट निमार्णका लागि बजेट विनियोजन गर्न भीमेश्वर नगरपालिकालाई आग्रह गर्नु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित भीमेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक एवंम तेस्रो नगर सभालाई सम्बोधन गर्नुहुँदै गुरुङ्गले पर्यटनको मुख्य गतव्य दोलखा भएकाले एयरर्पो निर्माण र नगरबस सञ्चालनको लागि बजेट विनीयोजन गर्न अनुरोध गर्नुभएको हो । 
सांसद गुरुङले एयरपोर्ट निर्माणका लागि केन्द्र सरकारले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले अबको ४ वर्ष भित्रमा आर्थिक बुद्धि बढाउने लक्ष्यका साथ काम गर्दै अघि बढ्न नगरपालिकालाई आग्रह समेत गर्नुभयो । साँसद गुरुङले नगर क्षेत्रमा एयरपोर्ट निर्माण, खरिढुँगा स्थित ओरियन्ट म्याग्नेसाईट सँचालन, फिल्मि सिटि निर्माण, वन तथा बातावरणको सँरक्षण तथा त्यसमा आधारित उद्योग मार्फत स्वरोजगारीको बिषय नीति तथा कार्यक्रममा समेटिनु पर्ने उहाँको सुझाव छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मुरारीराज शिवाकोटी,  भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा  अध्यक्ष विराजमान श्रेष्ठ, ४ का वडा अध्यक्ष हरीबंश चौलागाँईले नगरले पेश गरेको निती तथा कार्यक्रम निकै राम्रो भएको प्रति खुसी व्यक्त गर्नुहुँदै नगरले अझै शिक्षा क्षेत्रलाई पनि प्राथामिकतामा राखि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठीर खड्काले भीमेश्वर नगर सँग सहकार्य गर्दै अघी बढ्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

 पत्रकार मन्दिरा थापालाई शिक्षा पत्रकारिता लेखनवृत्ती पुरस्कार २०७४

                                                      नेपाल पत्रकार महासंघ दोलखा शाखाकी उपाध्यक्ष मन्दिरा थापा शिक्षा पत्रकारिता

         नमुना वन्दै भिमेश्वरको हिमचुली टोल 

                                                                        भिमेश्वर नगरपालिका ३ हिमचुली टोलका स्थानीयको

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते

अविलर बर्षाका कारण दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते भएका छन् भने तीन वटा घर पूर्ण रुपमा क्षति भएको छ