राजकुलेश्वर आधारभुत विद्यालयदोलखाका ८८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

रेडियो शैलुङ्ग दोलखा असार / दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर २ मा रहेको राजकुलेश्वर आधारभुत विद्यालयका ८८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । समाजसेवी विष्णु लक्ष्मी श्रेष्ठको करिब ९१ हजार बराबरको आर्थिक सहयोगमा ६५ जना विद्यार्र्थी, ऋएऋक् मार्फत २१ जना र विद्यालयको तर्फबाट २ जना गरी ८८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । समाजसेवी विष्णु लक्ष्मीकी बहिनी गीता श्रेष्ठले विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गर्नु भएको थियो ।
राजकुलेश्वर आधारभुत विद्यालयमा रहेका १ सय ३ जना विद्यार्थीहरुलाई नै विद्यालय पोशाक प्रदान गरी सकिएको विद्यालयका प्रधानाध्यापक प्रकाश दहालले बताउनु भयो । राजकुलेश्वर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।समाजसेवी आत्मकृष्ण श्रेष्ठको सहयोगमा विद्यालयमा रहेका १ सय ३ जना  विद्यार्थीहरुलाई नियमित रुपमा दिवाकालीन खाजा खुवाईरहेको प्रधानाध्यापक दहालले जानकारी दिनु भयो ।

 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित