दोलखाको कालिञ्चोक गाउँपालिकाबाट एक जना ईन्जिनियरलाई अख्तियारको टोलीले सेवा ग्राहिसंग घुस लिएको आरोपमा पक्राउ

रेडियो शैलुङ्ग दोलखा / दोलखाको कालिञ्चोक गाउँपालिकाबाट एक जना ईन्जिनियरलाई अख्तियारको टोलीले सेवा ग्राहिसंग घुस लिएको आरोप आज पक्राउ गरेको छ ।
कालिञ्चोक गाउँपालिकाको वडा नम्वर ९ सुन्द्रावतीमा पुर्ननिर्माणमा खटिएका करारमा कार्यरत ईन्जिनियर राम नरेश यादवलाई काठमाडौँ र हेटौडाबाट आएको अख्तियारको टोलिले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक ज्ञानबहादुर तमाङले जानकारी दिनुभयो । तमाङका अनुसार ईन्जिनियर यादवलाई पुर्ननिर्माणको क्रममा स्थानीयसंग ९ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ ।
ईन्जिनियर यादवलाई पक्राउ गर्ने क्रममा स्थानियले यादव निर्दोस रहेको भन्दै झण्डै तीन घण्टा सडक अवरुद्ध गरी पक्राउ गर्न अवरोध पु¥याएका थिए । दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सेवाग्राहिसंग घुस लिएको आरोप लागेका कालिञ्चोक गाँउपालिकाका ईन्जिनियर राम नरेश यादवलाई अख्तियारको टोलिले पक्राउ गर्ने क्रममा स्थानियले अवरोध गरेपछि कालिञ्चोक गाँउपालिकाका अध्यक्ष विनकुमार थामी लगाएत जनप्रतिनिधि र दोलखाको प्रहरी टोलि पुगेर अवरोध हटाएपछि यादवलाई अख्तियार टोलिले पक्राउ गरी लगेको बताए ।

 

प्रतिकृया दिनुहोस

 पत्रकार मन्दिरा थापालाई शिक्षा पत्रकारिता लेखनवृत्ती पुरस्कार २०७४

                                                      नेपाल पत्रकार महासंघ दोलखा शाखाकी उपाध्यक्ष मन्दिरा थापा शिक्षा पत्रकारिता

         नमुना वन्दै भिमेश्वरको हिमचुली टोल 

                                                                        भिमेश्वर नगरपालिका ३ हिमचुली टोलका स्थानीयको

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते

अविलर बर्षाका कारण दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते भएका छन् भने तीन वटा घर पूर्ण रुपमा क्षति भएको छ