दोखला सुनखानीका भुवन शिवाकोटीको आधुनिक गीति संग्रह लोकापर्ण


रेडियो शैलुङ्ग दोलखा ३ सर्जक भुवन शिवाकोटी चौघरेको नखोस मेरा यादहरु नामक आधुनिक गीति संग्रह दोलखा सदरमुकाम चरिकोटमा लोकापर्ण गरिएको छ ।
दोलखा कालिञ्चोक गाउँपालिका ८ सुनखानी चौघरा स्थायी घर भएका शिवाकोटीको एकल शव्द,संगीत र स्वरमा तयार पारिएको आधुनिक गीति संग्रह नखोस मेरा यादहरु गीति संग्रहमा ५ गीतहरु सग्रहित रहेका छन् । नखोस मेरा यादहरु,नरोइ वस्छु भन्थे म,तिमीलाई जति माया,किन हुन्छ त्यसै उज्यालो,मेरो अनिँदो रातमा  नामका वियोगान्त गीत समेटिएका छन् । सोमवार सदरमुकाम चरिकोटको पावन होटलमा आयोजना गरिएको एक कार्यक्रमका बीच भिमेश्वर नगरपालिका प्रमुख भरत केसीले  उ्््््््््क्त सग्रहको लोकापर्ण गर्नुभएको हो । लोकापर्ण कार्यक्रमका प्रमुख अथिति समेत रहुन भएका केसीले विश्वव्यापीकरणका कारण फितलो वन्दै गएको मौलिक सभ्यता र संस्कृतिको संरक्षणमा टेवा पुगेको भन्दै शुभकामना दिनुभएको छ । यसै गरी दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी शुरेश आर्चायले साहित्य र सिर्जनाले सवैको हित गर्ने भएकोले समाजमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने धारणा राख्नुभयो । सर्जकहरु समाजका सम्पत्ति भएको भन्दै संरक्षणको आवश्यकता समेत आँैल्याउनुभयो ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिको आयोजनामा गरिएको कार्यक्रममा समितिका संरक्षक चिरञ्जिवि मास्के र अध्यक्ष विष्णु सुवेदीले जन्मभुमिमा आएर आपनो सिर्जना लोकार्पण गरेको भन्दै सर्जक चौघरेको खुलेर प्रसंसा गर्नुभयो । सोही अवसर पारेर विष्णु लक्ष्मी पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीले साहित्यलााई माया गर्न भिमेश्वर नगरलाई अनुरोध गर्दै चिन्तन र वौद्धिकतालाई विकाससंग जोड्न सके सम्वृद्धिको सपना साकार पार्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै सर्जक शिवाकोटीले आफूले आँखा खोलेको जन्मभुमिमा पहिलो पटक तयार गरिएको गीति संग्रहलाई लोकापर्ण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । शिवाकोटीका पिता खड्ग प्रसाद शिवाकोटी,माता महाकाली शिवाकोटी,श्रीमति सुनिता शिवाकोटी,छोरा सुलक्षण र छोरीहरु शितलता र रोशनी सहित लोकापर्णमा आउनुभएका सर्जकले गीत संगीतका लागि परिवारको भुमिकाको महत्वपूर्ण रहेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा दोलखाका कला साहित्यका क्षेत्रमा क्रियाशील साहित्यकार पत्रकार लगायत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको अवसर पारेर शिवाकोटीले नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका लागि ५ हजार रुपैया समेत सहयोग गर्नुभएको छ । पिता खड्ग प्रसाद शिवाकोटीले महासंघका अध्यक्ष जीवन लामालाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो ।  

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय संगित कर्मी संघ दोलखा शाखाको अध्यक्षमा मोहन तामाङ्ग

रेडियो शैलुङ्ग दोलखा बैशाख १०÷ राष्ट्रिय संगित कर्मी संघ दोलखा शाखाको  अध्यक्षमा मोहन तामाङ्ग र्निविरोध निर्वाचित भएका छन । कला, साहित्य र

‘साहित्य भोगविलासको साधनमात्रै होइन’

मसँग पटक्कै सहमत भइनन् । हुनुपर्छ भन्ने पनि होइन । नेपाली साहित्यको प्रचलित भनाइ पैंचो लिएर मैले उनलाई सोधेको थिएँ– राजनीति शौचालय हो भने साहित्य

बच्चा जन्माउन बिहे गर्नैपर्छ भन्ने छैन : शान्ति प्रियवन्दना

मकवानपुरको हेटौँडामा बसेर लामो समयदेखि कविताकर्ममा लागेकी भर्भराउँदी कविको नाम हो शान्ति प्रियवन्दना । विद्यालय जीवनबाट शिक्षकहरुको प्रेरणाले