१९ औ सरसफाई सप्ताह सम्पन्न

रेडियो शैलुङ्ग दोलखा
१९ औ सरसफाई सप्ताह सम्पन्न

१९ औ सरसफाई सप्ताहको सम्पन्न भएको छ । सप्ताहको सातौ दिन दोलखाको भिमेश्वर नगरपालिका ५ मा रहेको वुढाभिमसेन माध्यमिक विद्यालय धरमघर दोलखामा सरसफाई सम्वधी प्रचारप्रसार तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । साथै कार्यक्रमको अवसरमा  डस्विन,झाडु,ट्वाइलेट व्रस,फोहोर उठाउने फिक,स्यानेटरी प्याड,वाल्टिन,जग,हार्पिक र सावुन लगायतका जिल्ला खानेपानी सामग्री जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दोलखाकी कल्याणी शिवाकोटीले विद्यालयका प्रधानाध्यापक राजन कार्कीलाई एक कार्यक्रमका वीच हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा रहिस नेपालकी कार्यकारी निर्देशक तारा शिवाकोटी, दिपज्योति समाज सुधारसंघ सुन्द्रावतीका कार्यकारी निर्देशक मुकुन्द शिवाकोटी लगायतले सरसफाई दिवसको महत्व र विद्यालयमा सरसफाईको आवश्यकताका वारेमा जानकारी गराउनु भएको थियो ।
जिल्ला खानेपानी  सरसफाई तथा स्वच्छता समन्वय समिति दोलखाको आयोजना र सरसफाईको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुको सहयोगमा गत २२ गते देखि खानेपानी सरसफाई  तथा सरफाईको क्षेत्रमा काम गदै आएका संघ संस्थाहरुले भीमेश्वर नगरपालिकामा रहेको प्राथमिक स्वाथ्यचौकी, अन्य निजी अस्पताल र कालिञ्चोक माध्यमिक विद्यालय र अल्पाईन पब्लिक स्कुलको अनुगमन गरेको खानेपानी डिभिजन कार्यालय दोलखाका ईन्जिनियर विजय खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै विद्यालयमा खानेपानीको अभाव भएको पाईएको थियो भने निजी अस्पतालहरुले फोहोर व्यवस्थापन  नगरेको पाईएको अनुगमन समितिले जनाएको छ । गत जेठ २२ गते सदरमुकाम चरिकोटको सरसफाइ गरेर सरसफाइ सप्ताहको शुरुवात गरिएको थियो ।

प्रतिकृया दिनुहोस

जिरी नगरपालिकाको टोली चीन जाँदैैँ 

रेडियो शैलुङ्ग दोलखा / छिमेकी चीनको तिब्बत स्थित छाङ्दु नगरपालिकाको निमन्त्रणमा दोलखा जिरी नगरपालिकाको टोली शुक्रबार बिहान १०ः१५ बजे चीन जाने भएको

नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहालको राजनीतिक यात्रा 

 शरद सापकोटा  ३० साउन, काठमाण्डौँ  रेडियो शलुङ्ग दोलखा/ तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण

निताको नयाँ घरमा वस्ने सपना तीन वर्षदेखि अधुरै ।

  दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ६ नाम्दु खनियाँचौरकी निता घिमिरेको २०७२ सालमा बैशाखमा गएको विनाशकारी  भुकम्पले घर मात्रै भत्काएन श्रीमान