छोरीको मृत्यु सहन नसक्दा बाबुको मृत्यु ।

रेडियो शैलुङ्ग दोलखा

छोरीको मृत्युको दुखद खवर सहन नसकेर दोखलाको विगु गाउँपालिका वडा ४ लादुकमा एक बाबुको मृत्यु भएको छ । विगु गाउँपालिका वडा नम्वर ४ लादुकमा भएको बोलेरो दुर्घटनामा परि छोरीको मृत्यु भएको खवर पछि लादुककै चित्रेका  ७१ वर्षका भुवनसिंह खत्रीको सोमवार विहान मृत्यु भएको विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिनुभयो । घरमा रहेका खत्रीको छोरीको मृत्युको खवरपछि पीडाकै कारण मृत्यु भएको  लादुका वडाध्यक्ष वुक्तम तमाङको भनाइ छ ।
खत्रीकी छोरी ४५ वर्षीया ईश्वरी थापाको आइतवार राति लादुकमै भएको बोलेरो दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु भएकी  छोरी र  बाबु खत्रीको सिँगटी स्थित तामाकोसी नदी किनारको दोभानमा एकै पटक अन्त्यष्टि गरिएको छ । बुबा भुवनसिँह श्रीमतिको मृत्युपछि जेठी छोरीको साथमा लादुकमा बस्दै आएका थिए । दुई मात्र छोरी रहेका खत्रीको कान्छि छोरीको मृत्युको पीडा सहन नसकेर मृत्यु भएको स्थानीयको भनाई छ ।
आइतवार राती  सिगटीबाट विगु गाउँपालिका ४ लादुक जाँदै गरेको जाँदै गरेको बा १४ च १६८१ नम्बरको बोलेरो लादुकस्थित खहरेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ८ जना घाईते भएका थिए । दुर्घटनामा परि  खत्रीकी छोरी ४५ वर्षकी ईश्वरी थापा र वडा नम्वर ४ लादुककै ५० वर्षीय टिका बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परि बोलेरो चालक विगु ४ लादुकका ३४ वर्षिय दिपक नेपाली, सोही स्थानका ३१ वर्षिय गुरु नेपाली, ३२ वर्षिया हिमालु नेपाली, ४० वर्षिया स्वस्थानी खत्री, ४४ वर्षिय शान्त सुवेदी, ५९ वर्षीय परशुराम खत्री, ५० वर्षीय बाबुुराम खत्री र ७० वर्षीय अमृत बहादुर थापा घाईते भएका छन् । घाइते मध्ये ४० वर्षकी स्वस्थानी खत्रीको अवस्था गम्भीर रहेको वताइएको छ ।  । क्षमता भन्दा वढी यात्रु र सामग्री भएका कारण घुम्तिमा मोड्ने क्रममा सडकबाट करिव ४० मिटर तल खसेर बोलेरो दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिगटीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध