छोरीको मृत्युको खबर सुनेर बृद्ध पिताको समेत मृत्यु

रेडियो शैलुङ्ग दोलखा
छोरीको मृत्युको खबर सुनेर दोलखाको विगु गाँउपालिकामा बृद्ध पिताको समेत मृत्यु भएको छ ।
आईतवार साँझ बोलेरो दुर्घटनामा परेर दोलखा विगु गाँउपालिका वडा नम्बर ४ लादुकका ४५ बर्षिय इश्वरी थापाको मृत्यु भएको थियो । उनको मृत्युको खबर पाएपछि मृतक इश्वरीको पिता ७१ बर्षिय भुवनसिंह खत्रीको समेत  मृत्यु भएको विगु गाँउपालिकाका प्रमुख युधिष्ठीर खड्काले बताए ।
मृतक भुवनसिंहको दुई छोरीमात्र रहेको र दुर्घटनामा मृत्यु भएको इश्वरी कान्छि छोरी हुन् । भुवनसिंह छोरीहरुकै रेखदेखमा बस्दै आएका थिए ।

 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका