बैतेश्वर गाउँपालिका को पुर्व योजना गोष्ठी सम्पन्न

रेडियो शैलुङ्ग दोलखा जेठ २७ दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा आर्थिक वर्ष २०७५÷ ०७६ को पुर्व योजना गोष्ठी शनिबार सम्पन्न भएको छ ।
आगामि आर्थिक वर्षका लागि सरोकारवाला निकायहरुबाट सुझाब संकलन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।  कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारी, स्थानीय, बुद्धिजिवि गरी करिब १ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले गाउँपालिकालाई शिक्षाको क्षेत्रमा अघि बढाउन सके मात्रै समुन्नत र समृद्ध बैतेश्वर बनाउन सहयोग पुग्ने भन्दै शिक्षालाई पहिलो प्राथामिकतामा राख्नु पर्ने कुरामा जोड दिएका थिए । यस्तै स्वास्थ्य, कृषि र पुर्वाधारमा समेत ध्यान दिँदै कृषकहरुले उत्पादन गरेका कृषिजन्य सामग्रीहरु विक्रि वितरणका लागि बजारीकरणमा प्रर्वद्धन गर्नका लागि भावि रणनिती बनाउँदै कृषकहरुलाई व्यवसायी बनाउन सुझाब दिएका छन् । कृषकहरुले हाल गाँउपालिकामा बजारीकरणको राम्रो व्यवस्थापन नभएकाले आफ्नो श्रम अनुसारको रकम पाउन नसकेको प्रति गुनासो गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सरोकारवाला व्यक्तिहरुले आगामि आर्थिक बर्ष २०७४÷०७५ का लागि बजेट विनियोजन गर्दा गाँउपालिकालाई पर्यटन, खेलकुद, लक्षित वर्ग लगाएतको क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

गाँउपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रविचन्द्र आचार्य, प्रमुख प्रशासकिय अधिकृत नवराज पराजुलीले मन्तव्य राख्नुहुँदै आगामि आर्थिक बर्ष २०७४÷०७५ का लागि बजेट विनियोजन गर्दा गाँउपालिकाले सरोकारवाला निकाय, स्थानीय नागरिक लगाएतको सुझाबका आधारमा नै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गाँउपालिकाले विभिन्न गैर सरकारी संघ संस्थाहरुलाई गाँउपालिका भित्र कार्यक्षेत्र बनाएर काम गर्र्दै गर्दा गाँउपालिका तथा वडा कार्यालय सँग सहकार्य गर्दै कार्य अवधिको कुल पुँजी र संस्थाको उद्देश्य सहित जानकारी गराएर मात्रै काम गर्नको लागि र्निदेशन दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ मा लक्ष्य अनुरुप नै काम गर्न सफल भएको भन्दै ०७५÷०७६ मा पनि पारदर्शि हिसाबले काम गरी दोलखाका ९ वटा स्थानीय तह मध्ये बैतेश्वर गाँउपालिकालाई नमुना गाँउपालिका बनाउने तर्फ अघि बढ्ने गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आर्चायको भनाई छ  । उपाध्यक्ष आचार्यले गाँउपालिकाको वडा नम्बर ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारीले आफ्नो पहिचान अन्र्तराष्ट्रिय स्तरमा समेत नमुना सहकारीको रुपमा चिनाउन सफल रहेको र हरेक सहकारी अभियन्ताको नजर नै दोलखामा रहेको उदाहरण दिनुहुँदै जनसचेतन जस्तै गाँउपालिकाको पनि पहिचान राख्ने गरी काम गर्ने बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा