दोलखालाई चोरीमुक्त जिल्ला बनाउने प्रहरी नायव उपरीक्षक वासुदेव पाठकको प्रतिवद्धता

दोलखालाई चोरीमुक्त जिल्ला बनाउने प्रहरी नायव उपरीक्षक वासुदेव पाठकको प्रतिवद्धता ।

रेडियो शैलुङ्ग  
दोलखामा चोरीका घटना अत्यधिक बृद्धि भईरहेको बेला प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले चोरी मुक्त जिल्ला बनाउर्ने  प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
दोलखा उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा वोल्नुहुदैँ वुधवार मात्रै दोलखा आउनु भएका प्रहरी प्रमुख पाठकले दोलखामा चोरीका घटनाको प्रहरी कार्यालयमा अत्यधिक उजुरी परेको पाईएकाले जिल्लालाई चोरीमुक्त जिल्ला बनाउँन पहल गर्ने  वताउनुभयो । आएकै दिन एउटा योजना बनाएको छु नियन्त्रणका लागि जिल्ला बासीको सहयोग आवश्यक रहेको छ । वर्दि विनाको नागरिकको सहयोग भयो भने जस्ता पनि अपराधका घटना न्युनीकरण गर्न सकिन्छ कार्यक्रममा प्रहरी प्रमुख पाठकले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिल्ला प्रशासन कार्यालय दोलखामा १ सय भन्दा वढी सार्वजनिक मुद्धा दर्ता भएको भन्दै  अन्य जिल्लाको तुलना दोलखामा धेरै भएको जानकारी गराउनु भयो ।   
न्युनीकरणका लागि प्रशासनले मात्रै पहल गरेर नहुने भएकाले जिल्लामा रहेका व्यापारी, महिला अधिकार कर्मी,सञ्चार कर्मी, शिक्षकका साथै आम दोलखाबासी लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी पाठकको भनाई रहेको छ । जिल्लामा यस्ता समाजिक विकृतिका घटनामा कमी ल्याउन स्थानीय तहले योजना बनाएर नै काम गर्नु पर्ने आवश्यकता समेत औल्याँउनु भयो  । जिल्ला प्रशासन कार्यालय दोलखाले पनि स्थानीय तहसँगको सहकार्यमा मदिरा मुक्त  क्षेत्र बनाउँने पहल गरिरहेको समेत जानकारी गराउनु भयो । दोलखा उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा दोलखामा दिनप्रतिदिन चोरीका  घटना वृद्धि  भएकाले यसको न्युनीकरणका लागि पहल गरी नागरिकलाई सुरक्षित वातारण तय गर्न  अनुरोध गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा