स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम

रेडियो शैलुङ्ग दोलखा
गत जेठ २१ गते बाट सुरु भएको स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम दोलखाको बैतेश्वर गाँउपालिका ५ मैनापोखरीमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति दोलखाको आयोजना तथा  बैतेश्वर गाँउपालिकाको संयोजनमा भएको तालिममा वैतेश्वर गाउँपालीकाको वडा नम्वर १ देखी ८ सम्मका जनप्रतिनिधि कर्मचारीहरु गरी ६२ जनाको सहभागीता रहेको बताईएको छ ।
तालिमका सहभागीहरुलाई जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत द्धोेय विक्रम कार्की र नारायण सेढाँई, वैतेश्वर गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुलीले स्थानीय तहको बजेट योजना तर्जुमा, नतिजामुखी विकास आयोजना, स्थानीय तहको वित्त व्यवस्थापन, विकासका समसामयिक मुद्दाहरु, गाँउकार्यपालिका र वडा समितिका काम कर्तव्य र अधिकार लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । वैतेश्वर गाँउपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, वडा नम्बर ६ का वडा अध्यक्ष शम्शेर घिसिङ, वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुली लगाएतले मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

१९ औ सरसफाई सप्ताह सम्पन्न

रेडियो शैलुङ्ग दोलखा १९ औ सरसफाई सप्ताह सम्पन्न १९ औ सरसफाई सप्ताहको सम्पन्न भएको छ । सप्ताहको सातौ दिन दोलखाको भिमेश्वर नगरपालिका ५ मा रहेको

दोलखामा ३ दिने वृहत शैक्षिक महोत्सव सम्पन्न

  रेडियो शैलुङ्ग २० दोलखा सदरमुकाम चरीकोटमा सञ्चालन भएको तीन दिने शैक्षिक महोत्सवसम्पन्न भएको छ । शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय

स्थानीय सरकारका जनप्रतिधिले खोलो त¥यो लौरो विस्र्यो उखानलाई आत्मसात गरेको दोलखाका शिक्षकको भनाई

  रेडियो शैलुङ्ग दोलखा ०६ स्थानीय सरकारका जनप्रतिनिधिले दोलखाका शिक्षकलाई सम्मानजनक व्यवहार नगरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक महासंघ दोलखाको