दोलखामा महिलाहरुको सामुहिक वनभोज कार्यक्रम

दोलखामा महिलाहरुको सामुहिक वनभोज कार्यक्रम
रेडियो शैलुङ्ग दोलखा दोलखाका जनप्रतिनिधि संगै विभिन्न संघसस्थामा क्रियाशील महिलाहरुले वन भोज कार्यक्रमको आयोजना गरेका छन् । दोलखाको पर्यटकीय स्थल भिमेश्वर नगरपालिका २ मा रहेको चम्पुजा पार्कमा वनभोज कार्यक्रमको आयोजना गरेका हुन् ।


आज पनि समाजमा महिलाहरु काम विषेशले घर वाहिर निस्कदा नकारात्मक टिकाटिप्पणी गर्ने संस्कारले महिला हिंसा वढेको भन्दै वन भोज कार्यक्रमको आयोजना गरेर भएपनि महिला शसक्तीकरणको सन्देश दिन सफल भएको अधिकार कर्मी जानुका न्यौपानेको  भनाई रहेको छ । कार्यव्ययस्तता र मानसिक थकान मेट्न साथै एकदिन भेला भएर रमाइलो गरेसंगै महिलामा जागरुकताका लागि उत्साह थप्न सहयोग पुग्ने वनभोज कार्यक्रम समन्वयकर्ता महिला अधिकारकर्मी मेनुका सुवेदीको भनाई रहेको छ ।

महिलाहरुको  भुमिकाको सम्मान गर्ने संस्कार र चेतनाका लागि ६० भन्दा वढी महिलाको सहभागितामा भएको वन भोज कार्यक्रममा सवै महिलाले आफूसंग भएको प्रतिभासमेत प्रस्तुत गरेका थिए । उत्साह थप्ने  विषेश कार्यक्रम समय समयमा आयोजना गर्न सके महिलाहरुमा वढ्ने मानसिक समस्या समेत कम हुने र काम गर्न उत्साह वढ्ने सहभागी महिलाहरुले वताएका छन् ।
वनभोज कार्यक्रममा जिल्ला समन्वय समिति दोलखा उपप्रमु्ख मनमाया जिरेल,भिमेश्वर नगरपालिका उपप्रमुख कमला वस्नेत,कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठकसंगै अन्य निर्वाचित महिला सदस्यहरुको सहभागिता रहेको थियो ।
जिल्लामा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील सिर्जना कार्की,जानुका न्यौपाने,देवी शिवाकोटी,रिता रिमाल लगायत शिक्षक महिला,पत्रकार,व्युटीसियन,व्यापारी,कृषक,सहकारीकर्मी सवै क्षेत्रका प्रतिनिधि महिलाको उपस्थितिमा वनभोज कार्यक्रम गरिएको हो ।  

 

 

प्रतिकृया दिनुहोस

दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक

रेडियो शैलुङ्ग दोलखा  दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक भएको छ ।  “छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा” भन्ने बोलको गितमा गणेश

राष्ट्रिय संगित कर्मी संघ दोलखा शाखाको अध्यक्षमा मोहन तामाङ्ग

रेडियो शैलुङ्ग दोलखा बैशाख १०÷ राष्ट्रिय संगित कर्मी संघ दोलखा शाखाको  अध्यक्षमा मोहन तामाङ्ग र्निविरोध निर्वाचित भएका छन । कला, साहित्य र

व्युटिसियन महिलाहरुका लागि १० दिने पुनताजगी तालिम

            दोलखाको सदरमुकाम चरिकोटमा व्युटिसियन महिलाहरुका लागि १० दिने पुनताजगी तालिमको आयोजना गरिएको छ । नेपाल व्युटीसियन संघ