निर्वाचनका समयमा दिएका आश्वासन पुरा गर्न दोलखाका जेष्ठ नागरिकको सरकारसंग आग्रह


रेडियो शैलुङ्ग दोलखा बैशाख २२ निर्वाचनको समयमा गरेको वाचा पूरा गर्न दोलखाका जेष्ठ नागरिक प्रेम वहादुर कार्कीले सरकार संग माग गर्नुभएको छ । २०७४ सालको स्थानीय तह,प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका समयमा आप्नो सरकार वनेको खण्डमा जेष्ठ नागरिकलाई ५ हजार रुपैया दिने भनि प्रचार गरेको भन्दै सरकारलाई आउदो निती तथा कार्यक्रममा सो वाचा पुरा गर्ने गरी व्यवस्था गर्न माग गर्नुभएको हो ।  दोलखा तामाकोशी २ झुले निवासी जेष्ठ नागरिकका अगुवा कार्की जेष्ठ नागरिकका गुनासा,समस्या र वास्तविकताको सार खिचेर लेख रचना सिर्जना लिएर रेडियो शैलुङ आउने क्रममो यो पटक भने जेष्ठ नागरिकको सामाजिक सु्रक्षा भत्ता ५ हजार पु¥याउन र निर्वाचनको समयमा गरेको वाचा पुरा गर्न  अनुरोध पत्र लिएर आउनु भएको हो । अनुरोध पत्रमा बोलेको कुरा नविर्षन पनि आग्रह गर्नु भएको छ ।
दोलखाका जेष्ठ नागरिकको हक हितका लागि समय समयमा दोलखाका सरोकारवालाको ध्यान केन्द्रीत गराउदै आउनु भएको छ । आफु लगायत अन्य जेष्ठ नागरिकसंग रकम सङकल गरेर कार्कीले दोलखा सदरमुकाम चरिकोटको सातदोवाटोमा खानेपानीको ट्याङ्की तथा धारा जडानको काम समेत गर्नुभएको छ सातदोवाटो चोकमा खानेपानीको समस्या भोग्दै आएका यात्रु तथा जेष्ठ नागरिकलाई समेत सहयोग पुगेको वताइएको छ । सामाजिक अभियन्ता जेष्ठ नागरिक कार्कीले यो पटक भने सरकारसंग जेष्ठ नागरिकलाई देखाएको आशा पुरा गर्न ध्यान केन्द्रीत गराउने अभियान रहेको वताउनु भएको छ ।  
 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा