गौरीशकर संरक्षण शिक्षा लागु भएका सिन्धुपाल्चोक र रामेछापका शिक्षकलाई सचेतीकरण तालिम

गौरीशकर संरक्षण शिक्षा लागु भएका सिन्धुपाल्चोक र रामेछापका शिक्षकलाई सचेतीकरण तालिम

रेडियो शैलुङ्ग दोलखा बैशाख २२ संरक्षण शिक्षा शिक्षक सम्बन्धि दुई दिने तालिम तथा जलवायु परिवर्तन सचेतीकरण कार्यक्रम सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशकर संरक्षण क्षेत्र आयोजना चरिकोटको आयोजनामा भएको तालिममा रामेछाप र सिन्धुपाल्चोकका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संरक्षण क्षेत्रमा संरक्षण शिक्षाको अवधारणा, पाठ्यक्रममा आएका समस्या र समाधानका उपाय लगायतका विषयमा छलफल गरिएको थियो । पाठ्यक्रममा समेटिएका विषयवस्तुहरु जलवायु परिवर्तन, असर, अनुकुलन र न्युनीकरण, विश्वव्यापी भुमण्डलीय उष्णीकरण, हरितगृह ग्याँस, प्रभाव संगै स्थानीय अनुकुलन तथा न्युनीकरणका विषयमा केन्द्रित गरिएको आयोजकको भनाई छ । कार्यक्रमलाई समापन गर्नुहुँदै गौरीशकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले हरेक क्षेत्रमा सफल वन्न सकारात्मक सोंच सवैमा हुनु पर्नेमा जोड दिनुभयो । काममा चुनौति स्वाभाविक हुन्छ जिम्मेवारी र कर्तव्यवाट काममा सफल हुने भन्दै संरक्षणका अभियानमा लागेका सवैलाई असल काम गर्न सुझाव दिनुभयो । पाठ्यक्रममा भएका विषयवस्तुलाई अद्यावधिक गराउने र उपलव्धीको समीक्षा गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गौरीशकर स्रँोत संरक्ष्ाँण सहायक शङकर थामीको भनाई रहेको छ ।
गौरीशकर संरक्षण क्षेत्र आयोजनाले आर्थिक वर्ष २०६८÷०६९ बाट दोलखा, सिन्धुपाल्चोक र रामेछापका २२ विद्यालयमा संरक्षण शिक्षा अन्तरगर्त कक्षा ६ देखि ८ सम्म प्रकृतिको सन्देश भाग १, २, ३ लागू गरेको छ भने सवै विद्यालयमा ग्रीन फोर्स क्लव गठन गरेर व्यवहार परिवर्तनका कार्यक्रम समेत सञ्चालन गरेको छ । विद्यालय सरसफाई, वृक्षारोपण, प्रकृति संरक्षणका विषयमा अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।  

 

प्रतिकृया दिनुहोस

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध

१९ औ सरसफाई सप्ताह सम्पन्न

रेडियो शैलुङ्ग दोलखा १९ औ सरसफाई सप्ताह सम्पन्न १९ औ सरसफाई सप्ताहको सम्पन्न भएको छ । सप्ताहको सातौ दिन दोलखाको भिमेश्वर नगरपालिका ५ मा रहेको

स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम

रेडियो शैलुङ्ग दोलखा गत जेठ २१ गते बाट सुरु भएको स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम दोलखाको बैतेश्वर