जिल्लामा रहेका महिला पत्रकारसंग सहकार्य गरेर अगाडि जाने कुरामा दोलखाका स्थानीय तहका न्यायिक समितिका संयोजकहरुको प्रतिवद्धता

रेडियो शैलुङ्ग दोलखा बैशाख १५
जिल्लामा रहेका महिला पत्रकारसंग सहकार्य गरेर अगाडि जाने कुरामा दोलखाका स्थानीय तहका न्यायिक समितिका संयोजकहरुले प्रतिवद्धता जनाएका छन । दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरिएको कार्यक्रममा अवका दिनमा योजना वनाएर अगाडि वढ्ने कुरा वताएका हुन ।
गौरीशंकर सामुदायिक पुस्तकालय र रिड नेपाल अन्र्तग सञ्चालन भएको जोखीम न्युनीकरण परियोजना अन्र्तगत क्रियाशील महिला पत्रकार जिल्ला शाखा दोलखाको  आयोजना भएको महिला हिसाँ विरुद्ध न्याय सम्पादनमा पत्रकार  महिलाहरुको भुमिका सम्वन्धी एक दिने अन्र्तक्रिया कार्यक्रममा सहभागी भीमेश्वर नगरपालिकाका न्यायिक समितिका संयोजक कमला बस्नेत,कालिञ्चोक गाउँपालीका न्यायिक समितिका  संयोजक कालिका पाठक,तामाकोशी गाउँपालिका न्यायिक समितिका संयोजक उर्मीला खड्का लगायतले पछाडि पारिएका वर्गले विकासको समानुभुति गर्न सके सकेनन खोजी गर्नुपर्ने, समाज विकासका सकारात्मक पक्षलाई उजागर गर्दै समाजका विकृति र विसङगतिका विरुद्ध आवाज उठाउन महिला पत्रकारले भुमिका खेल्नु पर्ने कुरामा सुझाव दिनुभयो । साथै समानता र समावेशीकरण विषयमा कलम चलाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा वोल्नुहुदै जिल्ला समन्वय समिति दोलखाका उपप्रमुख मनमाया जिरेलले  क्षमता विकास गर्न सके मात्र आफूले चाहेको लक्ष्य पुरा गर्न सकिने धारणा राख्नु भयो । जिल्लाका महिला पत्रकारले पनि  पेशागत दक्षता वृद्धि गरी सवैको मन जित्ने गरी काम गर्न सके कोही पनि हिंसामा पर्नु पर्दैन भन्नुभयो ।
क्रियाशील महिला पत्रकार दोलखाकी अध्यक्ष निता राउतको अध्यक्षतामा भएको कार्यक्रममा क्रियाशील महिला पत्रकार दोलखाका शाखाकी सल्लाहाकार जानुका न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  कार्यक्रममा पत्रकार महिलाहरुले आगमी दिनमा पत्रकार महिलालाई साथमा लिएर विकास निर्माणका कार्यमा हातेमालो गर्न आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघ दोलखाका उपाध्यक्ष मन्दिरा थापा,गौरीशंकर पुस्तकालयका अध्यक्ष्य कृषण बस्नेत लगायत जिल्लाका पत्रकार महिलाहरुको  सहभागीता रहेको थियो ।
 समाज प्रति जवादेही भई समाचार संकलन, सम्प्रेषण र कार्यक्रम उत्पदान तथा प्रसारण गरी सम्बन्धित पक्षलाई हरेक तहमा विधिको शासन र सामाजिक समावेशीकरण र निष्पक्ष न्याय सम्पादन तर्फ जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको क्रियाशील पत्रकार महिला दोलखाकी अध्यक्ष नीता राउतको भनाई रहेको छ ।
२०६७ सालमा दोलखामा गठन भएको क्रियाशील पत्रकार महिला शाखाले समयसमयमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । हाल दोलखामा ४८ जना महिला राष्ट्रिय सञ्चार माध्ययमदेखि स्थानीय रेडियो, पत्रिका र अनलाइनमा कार्यरत छन् ।

 

 

प्रतिकृया दिनुहोस

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध