जिल्लाको एक मात्र वहिरा बालबालिका अध्ययन गर्ने भिमेश्वर वहिरा आधारभुत विद्यालयको सुरक्षित विद्यालय भवन उद्घाटन

रेडियो शैलुङ्ग बैशाख १५ दोलखा  जिल्लाको एक मात्र वहिरा बालबालिका अध्ययन गर्ने भिमेश्वर वहिरा आधारभुत विद्यालयको सुरक्षित विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
भिमेश्वर नगरपालिका वडा न ३ चिसापानी देउरालीमा निर्मित ६ कोठे अपाङगतामैत्री विद्यालय भवनको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले एक कार्यक्रमका वीच ताम्रपत्र अनावरण गरेर उद्घाटन गर्नुभएको हो । अष्ट्रेलियन सरकार तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा र भुकम्प प्रविधि राष्ट्रिय समाजको प्राविधिक सहयोगमा निर्मित अपाङ्गतामैत्री, वहुप्रकोप प्रतिरोधक सुरक्षित भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थापाले अपाङगता भएकै कारण कोही बालबालिका विद्यालय शिक्षावाट वञ्चित हुन नदिने र अपाङगता महशुस हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै मन्त्री थापाले आप्नो गाउँको समस्याको पहिचान गरेर योजना वनाउन स्थानीय सरकारलाई समेत आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले कोही पनि बालबालिका अपाङगताकै कारण शिक्षावाट वञ्चित हुन नदिने अवस्थाको सिर्जना गर्ने कुरामा आफु प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा  विद्यालय स्थापनामा योगदान दिने व्यक्तीहरु निराजन उप्रेती, सरुणा मानन्धर, राजेन्द्र मानन्धर, रामकृष्ण तमाङ, सुर्यकृष्ण चौलागाई, बलराम कार्की लगायत विभिन्न संघसस्थालाई समेत सम्मान गरिएको छ । कार्यक्रममा प्रदेश न ३ सांसद सरस्वती वस्नेत, भिमेश्वर नगरपालिका प्रमुख भरत केसी, पत्रकार राजेन्द्र मानन्धर, राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारी,राष्ट्रिय अपाङग महासंघका कार्यवाहक अध्यक्ष टीका दहाल लगायतले अपाङगता भएका बालबालिकाको पौष्टिक खाना,स्वास्थ्य र शिक्षाका लागि सवै जिम्मेवार भएर लाग्नुपर्ने धारणा सहितको मन्तव्य राख्नुभएको थियो । भिमेश्वर वहिरा आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोलखाका सवै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि,सरकारी तथा गैरसरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधि,अधिकारकर्मी,विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।
१ करोड ४७ लाख ३७ हजार ६ सय ७८ रुपैयाको लागतमा ६ कोठे विद्यालय भवन निर्माण भएको हो । विद्यालयमा हाल ५७ जना वहिरा बालबालिका अध्ययन गरिरहेका छन् । दोलखा, रामेछाप, ओखलढुङ, सोलुखुम्वुदेखिका बालबालिकाहरुले अध्ययन गरिरहेको विद्यालयको भनाई छ ।

 

 

 

 

 


वहिरा बालबालिकाको अभिभावक दोलखाका सासद,पठनपाठनको जिम्मेवार लिने प्रतिवद्धता ।
नेपाल सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तरगत प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ वहिरा बालकको अभिभावक वन्नु भएको छ ।
 भिमेश्वर वहिरा प्राथमिक विद्यालयको कक्षा १ मा भर्ना गरेर दोलखा तामाकोशी गाउँपालिला भिरकोटका रुक्मिणी थामीको अभिभावक वन्नुभएको हो । यसैगरी प्रतिनिधि सभा सदस्य शान्ति पाख्रिन पनि २ वहिरा बालबालिकाको अभिभावक वन्नु भएको छ । कालिञ्चोक गाउँपालिका ८ का नितिशा खड्का र निखिल मामmीको पठनपाठनको जिम्मेवारी लिन समेत वताउनु भएको छ ।  
कार्यक्रमको सन्दर्भ पारेर प्रदेश न ३ प्रदेश सभा सदस्य सरस्वती वस्नेतले पनि कालिञ्चोक गाउँपालिका ८ कै प्रतिमा माझीको पठनपाठको जिम्मेवारी लिने गरी अभिभावक वन्नु भएको हो । यस अगाडिको भर्ना अभियानमा सांसद गुरुङ विगु गाउँपालिकाका २ बालबालिकाको अभिभावक वन्नुभएको छ भने भिमेश्वर नगरपालिकाका भरत केसीले पनि २ बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते

अविलर बर्षाका कारण दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते भएका छन् भने तीन वटा घर पूर्ण रुपमा क्षति भएको छ

दोलखाको तामाकोशीमा वस दुर्घटना, ५ जना घाइते ।

रेडियो शैलुङ्ग दोलखा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा बस दुर्घटना हुँदा ५ जना यात्रु सामान्य घाईते भएका छन् ।  दुर्घटनामा तामाकोशी

युवा समिति दोलखाद्वारा आयोजित वतृत्वकलामा रामचन्द्र केसी प्रथम हुन सफल

    युवा समिति दोलखाद्वारा आयोजित  वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनभएका रामचन्द्र केसीले प्राप्त गरेको प्रथम पुरस्कार राशी नेपाल पत्रकार