राष्ट्रिय संगित कर्मी संघ दोलखा शाखाको अध्यक्षमा मोहन तामाङ्ग

रेडियो शैलुङ्ग दोलखा बैशाख १०÷ राष्ट्रिय संगित कर्मी संघ दोलखा शाखाको  अध्यक्षमा मोहन तामाङ्ग र्निविरोध निर्वाचित भएका छन ।
कला, साहित्य र संगितको संरक्षण गर्दै जिल्ला भित्र क्रियाशील कलाकारलाई एकत्रित बनाउने, साङ्गितिक अभियानलाई राष्ट्रिय स्तरमा चिनाउन पहल गर्ने उद्देश्याका साथ जिल्ला संघ दोलखा शाखा गठन भएको अध्यक्ष तामङ्गले जानकारी दिनु भयो ।

 
१७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष हिरा कुमार विश्वकर्मा, सचिवमा कृष्ण वानियाँ, सहसचिवमा विशाल बस्नेत र कोषाध्यक्ष  अनुषा वुढाथोकी रहनु भएको छ । सदस्यहरुमा राज कुमार रोक्का, सन्दिप रसाईली, चण्डिका न्यौपाने, राज श्रेष्ठ, सुम्निमा कार्की, सुन्दर प्रकाश चौलागाँई, सिता रिजाल, श्रीकृष्ण बस्नेत, सन्तोषी न्यौपाने र विश्वदिप थपलिया रहेको अध्यक्ष तमाङ्गले जानकारी दिनु भयो  ।
यसैविच हरि  केसीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा केशवराज चौलागाँई, रमेश कार्की, कृष्ण उप्रेती र  सन्तोष पोखरेल रहनु भएको छ ।

प्रतिकृया दिनुहोस

दोलखामा महिलाहरुको सामुहिक वनभोज कार्यक्रम

दोलखामा महिलाहरुको सामुहिक वनभोज कार्यक्रम रेडियो शैलुङ्ग दोलखा दोलखाका जनप्रतिनिधि संगै विभिन्न संघसस्थामा क्रियाशील महिलाहरुले वन भोज

व्युटिसियन महिलाहरुका लागि १० दिने पुनताजगी तालिम

            दोलखाको सदरमुकाम चरिकोटमा व्युटिसियन महिलाहरुका लागि १० दिने पुनताजगी तालिमको आयोजना गरिएको छ । नेपाल व्युटीसियन संघ

रिलमा रोमान्स गर्दै रियल प्रेम जोडी प्रियंका र आयुष्मान

    अभिनेत्री प्रियंका कार्की रियल लाइफका प्रेमी आयुष्मान देशराज जोशीसँग रिल लाइफमा पनि रोमान्स गर्ने भएकी छन् । निर्देशक दीपेन्द्र के खनालको