हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापन

बैशाख ४ रेडियो शैलुङ्ग दोलखा जिल्लाको भिमेश्वर नगरपालिका स्थित खोरथली सामुदायिक वनबाट हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापनको अभियान सुरु गरिएको छ ।

्वनलाई वैज्ञानिक पद्दतिमा व्यवस्थापन गर्न सुरु गरेको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले २८०१ नम्वरको रुख काटेर  दिगो वैज्ञानिक वन व्यवस्थापन सूरु गर्नुभएको थियोे ।  खोरथली सामुदायिक वनका अध्यक्ष नारायण वहादुर थापाकाअनुसार उक्त वनको १ सय ७८ हेक्टर मध्ये १ सय ४० हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन गर्न लागिएको  वताउनुभयो ।  ३.५ हेक्टर क्षेत्रफलको एक क्लष्टरका दरले ४० वर्षमा उक्त वन व्यवस्थापन गर्ने कार्ययोजना वनाईएको छ ।  कार्ययोजनामा बार्षिक १४ सयसम्म रुख काट्ने र उक्त स्थानमा सल्ला जातको नयाँ विरुवा रोपण गरिनेछ ।

संरक्षणमा मात्रै केन्द्रित हुँदा पचासौँ वर्ष पुराना रुखहरु धोद्रा हुने, कुहिएर खेर जाने, रुखहरु नयाँ विरुवा उत्पादनमा वाधक हुने, अक्सिजन दिन नसक्ने, भुक्षय पनि रोक्न नसक्ने लगायतका कारण नयाँ ब्यवस्थापन सहित उपयोगमा जोड दिनु परेको वन अधिकारीहरुको दावी छ । उनीहरुका अनुसार वैज्ञानिक वन व्यवस्थापनले काठको परनिर्भरता हटाई निर्यात प्रवद्र्धन गर्ने, मुलुकको कुल गार्हस्थ उत्पादनमा टेवा पु¥याउने, रोजगारीको अवसर सिर्जना गर्ने लगायतका क्षेत्रमा ठुलो योगदान दिनसक्ने जिल्ला वन कार्यालय दोलखाले जनाएको छ ।
 नेपालमा केही वर्षअघि देखि परिक्षणको रुपमा रहेको वैज्ञानिक वन व्यवस्थापन हिमााली जिल्ला दोलखामा पहिलो पटक लागु गरिएको हो । प्रारम्भिक चरणमा जिल्ला वन कार्यालय दोलखाले दिगो वैज्ञानिक व्यवस्थापन कार्य  भिमेश्वर नगरपालिका वडा न ३ र ६ मा रहेको खोरथली सामुदायिक वनबाट सुरु गरेको हो । जिल्ला वन अधिकृत गोविन्द दाहालले अवस्था विग्रिएका वनको गुणात्मक सुधारका लागि जिल्लाव्यापी रुपमा यो अभियान सुरु गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । “हाम्रा वनका अधिकांस रुखहरु अव काठकै रुपमा पनि उपयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्, त्यसको जैविक र पर्यावरणिय महत्व त झनै घट्दो छ, दाहालले भन्नुभयो, वनलाई यथास्थितिमा राख्ने हो भने वनको खास अर्थ नहुने भएकाले दिगो बैज्ञानिक व्यवस्थापन गर्न लागिएको हो ।” सामान्यतः वन क्षेत्रलाई विभिन्न क्लष्टरमा विभाजन गरी पुराना रुखहरुलाई विस्थापित गरेर योग्य रुख विरुवा उत्पादन गर्ने प्रक्रियालाई वैज्ञानिक वन व्यवस्थापन भनिन्छ ।

त्यसमा विरुवा रोप्ने, हुर्काउने र काट्ने तीन चरणको सन्तुलन मिलाएर वनको व्यवस्थापन गरिन्छ । निश्चित अवधिमा पहिलो खण्डमा रुख कटान गरी विरुवा रोपण गर्दा अन्तिम खण्डमा कटानका लागि रुख तयार भैसकेको हुनेछ । रुख कटानका लागि अतिरिक्त असर न्युनिकरणका लागि आधुनिक मेसिनरी औजारको प्रयोग गरिन्छ भने रुख विरुवाको वैज्ञानिक अभिलेख राखिने छ । दुरुपयोग हुन नदिन प्रत्येक रुखमा ट्यागिङ गरिनुका साथै नाप, आकार, जिपिएस, लोकेसन आदि रेकर्ड राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । नेपालको तराईका कपिलबस्तु, नवलपरासी, चितवन, रुपन्देही लगायतका धेरै वनहरुमा बैज्ञानिक वन व्यवस्थापन सुरु भैसकेको छ । हिमाली जिल्लामा भने दोलखावाट शुरु गरिएको जिल्ला वन कार्यालय दोलखाको भनाई छ । हाल खोर्थली सामुदायिक वनबाट वैज्ञानिक वन व्यवस्थापन शुरु गरिएका पनि अन्य सामुदायिक वनमा पनि क्रमैसंग व्यवस्थापन गर्दै जाने योजना रहेको जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत गोविन्द प्रसाद दहालको भनाई रहेको छ ।

 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा