भुकम्प पश्चात निर्माण भएका घरहरु जनताको लागि नभई भुकम्प थेग्नको लागि मात्रै - प्रमुख पाण्डे

रेडियो शैलुङ्ग दोलखा बैशाख ४
भुकम्प पश्चात निर्माण भएका घरहरु जनताको लागी नभई भुकम्प थेग्नको लागी मात्रै भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनुभएको छ ।
सदरमुकाम चरिकोटमा आज आयोजित समुदायमा आधारित उत्थानशिल आवास कार्यक्रम परियोजना समापन कार्यशाला गोष्ठिको सम्बोधन गर्नुहुँदै समन्वय प्रमुख पाण्डेले अहिले बनाईएका घरहरु अनुदान प्राप्तका लागि मात्रै बनाईएको जस्तो देखिएको बताउनुभएको हो । प्रमुुख पाण्डेले “भन्नुभयो” घर अनुदान लिन पास भए होलान तर आवश्यकता र समस्याको लागि निर्माण भएको जस्तो लागेन ।
सिपार्ड नेपाल दोलखाका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समुदायमा आधारित उत्थानशिल आवास परियोजनाले पहिलो चरणमा दोलखाको साविकका चिलंखा आलम्पु र खोपाचागुमा जिविकोपार्जन सँग सम्बन्धित काम गरेको र दोस्रो चरणमा आलम्पु र चिलंखामा १ सय घर निर्माण गर्नुका साथै जिरी, गैरीमुदी र मृर्गेका २ सय जनालाई डकर्मी तालिम, काठ उपचार विधि सम्बन्धि तालिम र विपद जोखिम न्युनिकरण सम्बन्धि तालिम दिएको परियोजनाले जानकारी गराएको छ ।
हुराडेक नेपाल र सिपार्ड नेपाल दोलखाको संयुक्त साझेदारी तथा क्रिश्चियन एडको सहकार्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुुख डबल पाण्डे, पुननिर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्य, सहरी विकास तथा भवन डिभिजन कार्यालय दोलखा प्रमुख एकराज अधिकारी, जिल्ला पशुसेवा कार्यालय दोलखाका पशुविकास अधिकृत नवराज दाहाल लगाएले मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

भिमेश्वर नगरपालिकामा भेटिएका २ वटा वेवारिसे शवको दाहसंस्कार 

       दोलखाको भीमेश्वर नगरपालिकाले दुई वटा वेवारिसे शवको दाह संस्कार गरेको छ । नगरपालिकाले भदौ ३० गते विहान चरिकोटको सातदोबाटोमा रहेको

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ