जिल्ला अस्पताल जिरीमा एक बिरामीको आमाशयमा जोडिएको ड्युडेनममा भएको अल्सरको सफल सल्यक्रिया

रेडियो शैलुङ्ग बैशाख ३ जिल्ला अस्पताल जिरी दोलखामा हिजो बाराका एक बिरामीको आमाशयमा जोडिएको ड्युडेनममा भएको अल्सरको सफल सल्यक्रिया भएको छ ।
बारा जिल्ला कोलाबी नगरपालिका, वडा नं. १०, बरेवा घर भई हाल रामेछापको ठोसे स्थित एक विद्यालय भवनको निर्माणको लागि मजदुरी गर्न आउनुभएका ४६ वर्षिय पुरुष सुखदेव रामको ड्युडेनममा भएको अल्सर छिद्रको डा. निशान्त ढकाल नेतृत्वको चिकित्सकीय टोलीले सफल सल्यक्रिया गरेको अस्पतालका वायोमेडिकल उपकरण विभाग प्रमुख उत्तम पोखरेलले जानकारी दिनुभयो । दुई दिन देखि अचानक अत्याधिक पेट दुख्ने र तीन दिन देखि दिशा समेत नभएपछि विरामी रामलाई जिरी अस्पतालमा उपचारका लागि लगिएको थियो । चेक जाँचका क्रममा विरामीको पेटमा पिप जस्तो पानी देखिएपछि आन्द्रामा प्वाल परेको लक्षण देखिएकाले अस्पतालले तत्काल सल्यक्रिया गरेको अस्पतालका क्लिनिकल संयोजक डा. निशान्त ढकालले जानकारी दिनुभयो ।

डा. ढकालका अनुसार जिरी अस्पतालमा पेट तथा ड्युडेनममा भएको अल्सरले प्वाल पारी ओमेन्टल प्याच  लगाएर सल्यक्रिया गरिएको यो पहिलोपटक हो ।  सल्यक्रियमा डा. ढकालका अत्तिरिक्त डा. शिव प्रजापति, एनेस्थेसिया सहायक अजेन्द्र यादव, विएमईटी उत्तम पोखरेल, अ.न.मी. सम्झना जिरेल लगायतको सहभागिता थियो ।  हाल विरामीको अवस्था सामान्य रहेको बताउँदै विरामीका भाई शिवनाथ रामले सहुलियत शुल्कमा जिरी अस्पतालमै आफ्ना दाजुको सफल सल्यक्रिया भएकोमा खुसी व्यक्त गर्नुभयो ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

जिरी नगरपालिकाको टोली चीन जाँदैैँ 

रेडियो शैलुङ्ग दोलखा / छिमेकी चीनको तिब्बत स्थित छाङ्दु नगरपालिकाको निमन्त्रणमा दोलखा जिरी नगरपालिकाको टोली शुक्रबार बिहान १०ः१५ बजे चीन जाने भएको

नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहालको राजनीतिक यात्रा 

 शरद सापकोटा  ३० साउन, काठमाण्डौँ  रेडियो शलुङ्ग दोलखा/ तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण

निताको नयाँ घरमा वस्ने सपना तीन वर्षदेखि अधुरै ।

  दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ६ नाम्दु खनियाँचौरकी निता घिमिरेको २०७२ सालमा बैशाखमा गएको विनाशकारी  भुकम्पले घर मात्रै भत्काएन श्रीमान