वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व देशभर मनाइँदै

रेडियो शैलुङ्ग दोलखा बैशाख ३ सोमबार वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व  देशभर मनाइँदैछ । यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारीन्छ ।
वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् । छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
आजको दिन दिवंगत आमाको सम्झनामा यहाँस्थित थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी बिहानै त्यो तीर्थमा गई स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।
औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध गरिन्छ ।
गोकर्णेश्वरलाई पितृतीर्थका रुपमा लिइन्छ । यहाँ श्राद्ध गरेमा घर र मामाघरका समेत सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यतासमेत छ ।

प्रतिकृया दिनुहोस

साउन महिना देखि चैत महिना सम्म ३७ लाख १७ हजार रकम राजश्व संकलन

रेडियो शैलुङ्ग बैशाख ५ दोलखामा २०७४ साल साउन महिना देखि चैत महिना सम्म ३७ लाख १७ हजार रकम राजश्व संकलन भएको छ । जिल्लामा ट्राफिक नियम उलंघन गरेका ४ हजार

हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापन

बैशाख ४ रेडियो शैलुङ्ग दोलखा जिल्लाको भिमेश्वर नगरपालिका स्थित खोरथली सामुदायिक वनबाट हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापनको

भुकम्प पश्चात निर्माण भएका घरहरु जनताको लागि नभई भुकम्प थेग्नको लागि मात्रै - प्रमुख पाण्डे

रेडियो शैलुङ्ग दोलखा बैशाख ४ भुकम्प पश्चात निर्माण भएका घरहरु जनताको लागी नभई भुकम्प थेग्नको लागी मात्रै भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल