वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व देशभर मनाइँदै

रेडियो शैलुङ्ग दोलखा बैशाख ३ सोमबार वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व  देशभर मनाइँदैछ । यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारीन्छ ।
वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् । छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
आजको दिन दिवंगत आमाको सम्झनामा यहाँस्थित थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी बिहानै त्यो तीर्थमा गई स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।
औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध गरिन्छ ।
गोकर्णेश्वरलाई पितृतीर्थका रुपमा लिइन्छ । यहाँ श्राद्ध गरेमा घर र मामाघरका समेत सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यतासमेत छ ।

प्रतिकृया दिनुहोस

अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

  असोज २८ अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा

६३ औ प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग गर्ने सहकारी संस्था र नागरिक सहित प्रहरीको सम्मान

  ६३ औँ प्रहरी दिवसको अवसरमा दोलखामा १९ जना प्रहरी सम्मानित भएका छन् । नेपाल प्रहरीको प्रतिवद्धता, अपराध रहित समाज निर्माणका लागी प्रतिवद्धता भन्ने

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

  अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम