जन्म दिनको अवसरमा गौरीशंकर बालगृहमा रहेका बालकहरुलाई सहयोग

दोलखा, २ बैशाख /मालपोत कार्यालय दोलखाका लेखापालले आफ्नो जन्म दिनको अवसरमा गौरीशंकर बालगृहमा रहेका बालकहरुलाई सहयोग गर्नु भएको छ ।

सिरहा जिल्लामा घर भई विगत डेढ वर्षदेखि मालपोत कार्यालय दोलखामा कार्यरत रतन प्रसाद मण्डलले एक महिना बराबरको रकमले खरिद गरीएको जुत्ता, फलफुल लगाएतका सामाग्री बालगृहका १४ जना बालकहरुलाई नयाँ वर्षको अवसर पारी सहयोग गर्नुभएको हो ।

त्यसैगरी बालगुहमा रहेका बालकहरुलाई नयाँ वर्षको अवसरमा राजन बस्नेतले सरसफाईका सामाग्रीहरु प्रदान गर्नु भयो । यसैगरी समाजसेवी राजन बुढाथोकीले मिठाई प्रदान गर्नु भयो ।  नयाँ वर्षको अवसरमा भीमेश्वर नगरपालीकाका चित्र प्रसाद दाहालले फलफुल तथा खाद्यान्नका समाग्रीहरु वितरण गर्नु भएको छ ।

नेपाल बाल संगठन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले बालगृहले अरु संघ संस्थाको भर पर्नु भन्दा आफ्नै नाममा रहेको जग्गाको सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहको नाममा ८५ रोपणी जग्गा छ । कार्यक्रममा बोल्नुहुँदै भीमेश्वर नगरपालीका वडा नम्वर ५ का वडा अध्यक्ष रामचन्द्र बस्नेतले नगरपालीकाले यस वर्ष बालगृहका लागी ४० हजार रकम बिनियोजन गरेको जानकारी गराउनु भयो । हाल बाल गृहमा दोलखा सहित अन्य विभिन्न जिल्लाका १४ जना अनाथ बालकहरु छन् । बालगृहमा रहेका बालकहरु सरदमुकाम चरीकोटमा रहेको गौरीशंकर बोर्डिङ स्कुलमा ७५ प्रतिशत छु्टमा अध्ययन गरीरहेका छन्

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित