मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रेडियो शैलुङ्ग बैशाख २
दोलखाको ताामकोशी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका १ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको रमेश कार्कीले जानकारि दिनु भयो । दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा ९२ प ७२१४ नम्बरको मोटरसाईकल गएराति करिव साँढे १० बजे जिल्लाको तामाकोशी गाउँपालिका १ भिरकोटको माझिगाउँस्थित टर्निङमा दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा परि उनीहरुको घट्नास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
घटनास्थलमा राति देखिनै प्रहरी खटिएपनि रातको समयमा उद्धारमा कठिनाई भएकाले आज बिहान उद्धार गरि पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याउने तयारी भईरहेको उहाँले बताउनुभयो । मोटरसाईकल सडकबाट करिव डेढ सय मिटर तल खसेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

 पत्रकार मन्दिरा थापालाई शिक्षा पत्रकारिता लेखनवृत्ती पुरस्कार २०७४

                                                      नेपाल पत्रकार महासंघ दोलखा शाखाकी उपाध्यक्ष मन्दिरा थापा शिक्षा पत्रकारिता

         नमुना वन्दै भिमेश्वरको हिमचुली टोल 

                                                                        भिमेश्वर नगरपालिका ३ हिमचुली टोलका स्थानीयको

दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते

अविलर बर्षाका कारण दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते भएका छन् भने तीन वटा घर पूर्ण रुपमा क्षति भएको छ