श्रमको उचित सम्मान गर्न संस्कार बसाल्नु पर्ने आजको आवश्यकता - नगर प्रमुख भरत केसी

रेडियो शैलुङ्ग चैत्र २९
युवाहरुले श्रमको उचित सम्मान गर्न संस्कार बसाल्नु पर्ने आजको आवश्यकता रहेको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताउनुभएको छ । 
सदरमुकाम चरीकोटमा आज बाट सुरु भएको १५ दिने पुस्तकालय व्यवस्थापन सम्बन्धी तालीमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख केसीले श्र्रम गर्ने बानीको विकास गरे अधिकांश युवाहरु रोजगारीको लागि बिदेश जानु नपर्ने बताउनुभयो । 
आवाज
केसीले मुलुकको विकास युवाको काँधमा रहेका कारण युवा सक्षम हुनु पर्नेमा जोड दिनुभयो । उहाँले युवाहरुले तालिम लिएर मात्रै नभई व्यवहारमा उतादै सिंगो समाज तथा मुलकलाई समृद्धि तिर धकेल्न लागी पर्न आग्रह गर्नुभयो । गौरीशंकर सामुदायिक पुस्तकालय दोलखाको आयोजना तथा ए एस वि नेपाल र रिड नेपालको सहयोगमा सुरु भएको तालिममा ३० जना युवाहरुको सहभागिता रहेको छ । तालिमका सहभागिहरुलाई रिड नेपालका यलवी भट्टराईले पुस्तकालय व्यवस्थापन गर्ने, दर्ता गर्र्ने पक्रिया, प्ुस्तकालयमा किताव राख्ने तरीका लगाएतका बारेमा प्रशिक्षण दिइरहनु भएको छ । गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख भरत केसी, पुस्तकालयका सचिव नवराज न्यौपाने, रिड नेपालका यलवी भट्टराई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस

भिमेश्वर नगरको आर्थिक वर्ष २०७५।२०७६को  नीति तथा कार्यक्रम सार्वजनिक

रेडियो शैलुङ्ग दोलखा / भीमेश्वर नगरपालिका दोलखाले आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ८ गतेबाट सुरु भएको तेश्रो नगर

वोलेरो दुघटना हुदाँ ५ जना घाईते

रेडियो शैलुङ्ग दोलखा / दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ६ स्थित चरिकोट भुसंरक्षण कार्यालय नजिकै  आज दिउसो वोलेरो दुघटना हुदाँ ५ जना घाईते भएको

राजकुलेश्वर आधारभुत विद्यालयदोलखाका ८८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

रेडियो शैलुङ्ग दोलखा असार / दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर २ मा रहेको राजकुलेश्वर आधारभुत विद्यालयका ८८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक