शैक्षिक गुणस्तरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको भुमिका

रेडियो शैलुङ्ग चैत्र २९
स्थापना दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाले अधिकार र कर्तव्यका लागि शिक्षक एकता,शैक्षिक गुणस्तरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 
नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष बालकुमार गिरीको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य शकरलाल श्रेष्ठले पेशा  र जिम्मेवारी निभाउदै नमुना शिक्षक वने मात्र शिक्षक संगठनको गरिमा वढ्ने धारणा राख्नु भयो । म शिक्षक संगठनको सदस्य हँ मैल्ो अरुको भन्दा राम्रो काम गर्नु पर्छ भन्ने भावनालाई आत्मसात गर्ने मात्र नमुना शिक्षक वन्न सक्छ भन्दै नमुना शिक्षक वनेर काम गर्न अनुरोध गर्नुभयो ।  
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेलले समस्या देखाएर मात्र शैक्षिक गुणस्तर वृद्धि नहुने भन्दै आफैमा परिवर्तन खाज्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका पूर्व अध्यक्ष रापप्रसाद सापकोटाले संगठन स्थापनाको इतिहास,आन्दोलन,शिक्षकका अधिकार सुनिश्चितताका लागि संगठनको भुमिका संगै जिल्ला तहका नेतृत्व इतिहासवारे कार्यक्रममा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेकपा एमाले आर्थिक विभाग प्रमुख जिवसराज खड्का,नेपाल राष्ट्रिय शिक्षक महासंघ जिरी नगरपालिका अध्यक्ष केशव कुमार कार्की,संगठन उपाध्यक्ष विमला दुलाल,सचिव किशोर दहाल लगायतले शैक्षिक गुणस्तरका संस्कारयुक्त शिक्षाको आवश्यक भएको भन्दै सुसस्कृत र समुन्नत समाज निर्माणका लागि शिक्षक नमुना भएर जानुपर्ने धारणा राख्नुभयो ।। कार्यक्रममा जिल्लाभरका नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको सहभागिता रहेको थियो  । वि.स्। २०३६ साल चैत्र २९ गते वद्री प्रसाद खतिवडाको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्र गठन भएको थियो भने दोलखाका सस्थापक अध्यक्ष इन्द्र वहादुुर खड्का रहनुभएको छ । सोही दिनको सम्झना गर्दै प्रत्येक वर्ष चैत्र २९ गते नेपाल राष्ट्रिय शिक्षक संगठनले स्थापना दिवस मनाउदै आएको छ ।

प्रतिकृया दिनुहोस

साउन महिना देखि चैत महिना सम्म ३७ लाख १७ हजार रकम राजश्व संकलन

रेडियो शैलुङ्ग बैशाख ५ दोलखामा २०७४ साल साउन महिना देखि चैत महिना सम्म ३७ लाख १७ हजार रकम राजश्व संकलन भएको छ । जिल्लामा ट्राफिक नियम उलंघन गरेका ४ हजार

हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापन

बैशाख ४ रेडियो शैलुङ्ग दोलखा जिल्लाको भिमेश्वर नगरपालिका स्थित खोरथली सामुदायिक वनबाट हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापनको

भुकम्प पश्चात निर्माण भएका घरहरु जनताको लागि नभई भुकम्प थेग्नको लागि मात्रै - प्रमुख पाण्डे

रेडियो शैलुङ्ग दोलखा बैशाख ४ भुकम्प पश्चात निर्माण भएका घरहरु जनताको लागी नभई भुकम्प थेग्नको लागी मात्रै भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल