महिला अधिकार मञ्चको दशौ वार्षिक उत्सव

 चैत्र २८ रेडियो शैलुङ्ग /


शसक्त, सवल र गतिशील महिला संगठन निर्माण हाम्रो अभियान,क्षमतायुक्त महिला सहभागिता मार्फत दिगो विकासका लागि योगदान भन्ने नारासहित महिला अधिकार मञ्चको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । भेलाले मेनुका सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ मञ्च गठन गरेको छ । उपाध्यक्ष गोमा दाहाल, सचिव शान्ति खड्का, कोषाध्यक्ष रजिना सुनुवार र सदस्यहरुमा उषा तमाङ, देविका थामी, बुथी नेपाली, पेमा शेर्पा र पवित्रा जिरेल रहनुभएका छ भने बाँकी ६ सदस्य पछि चयन गर्ने सहमति भएको छ । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य शान्ति पाख्रिनले महिलाको सम्वृद्धिको लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि महिलाहरुको भुमिका दरिलो आधार हुने कुरामा जोडदिनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकी सभाषद पाख्रिनले सकारात्मक सोचमा परिवर्तन गर्न सके मात्र सवै कुराको विकास गर्न सहज हुने धारणा राख्नुभयो ।

 महिला अधिकार मञ्चको दशौ वार्षिक उत्सव एवं तेस्रोे अधिवेशनको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेलले समानतामा आधारित समाज निर्माण गर्न अझै चुनौति रहेको धारणा राख्नु भयो । सोही कार्यक्रममा गाउँपालिका महासंघ केन्द्रीय सदस्य तथा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठकले महिलालाई कमजोर ठान्ने प्रवृत्तीको अन्त्यको लागि महिलाले आप्नो शक्ति देखाउने वेला आएको भन्दै सवै सवालमा महिला एक हुन आग्रह गर्नुभयो । साथै उपाध्यक्ष पाठकले सवै वर्ग समुदाय,क्षेत्र र लिङ एक हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आवाज नेपालकी अध्यक्ष एवं अधिकारकर्मी सिर्जना कार्कीले जवसम्म महिलाहरुको शरीर आप्नै नियन्त्रणमा हुनसक्दैन त्यो वेलासम्म अधिकारवाट वञ्चित हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा शैलुङ गाउँपालिका उपप्रमुख लालमाया तमाङ,हुराडेक नेपालका कार्यकारी निर्देशक सुन्दर लामिछाने लगायतले मन्तव्य राख्दै आर्थिक पाटो वलियो भएमाञ महिला शसक्तिकरणमा सहयोग पुग्ने धारणा राख्नु भयो । कार्यक्रमको अवसर पारेर प्रतिनिधि सभा सदस्य शान्ति पाख्रिन,जिल्ला समन्वय समिति दोलखा उपप्रमुख मनमाया जिरेल,गाउँपालिका महासंघ सदस्य एवं कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठक,शैलुङ गाउँपालिका उपप्रमुख लालमाया तमाङ, अन्तराष्ट्रिय स्तरको एन पिस  अवार्ड प्राप्त गर्न सफल महिला अधिकारकर्मी सिर्जना कार्कीलाई सम्मान गरेको छ । महिला अधिकार मञ्च दोलखाकी अध्यक्ष सविना केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आयोजक समिति सदस्य मेनुका सुवेदी,शान्ति खड्का लगायतले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो । २०६५ सालमा स्थापना भएको महिला अधिकार मञ्चले महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

भिमेश्वर नगरपालिकामा भेटिएका २ वटा वेवारिसे शवको दाहसंस्कार 

       दोलखाको भीमेश्वर नगरपालिकाले दुई वटा वेवारिसे शवको दाह संस्कार गरेको छ । नगरपालिकाले भदौ ३० गते विहान चरिकोटको सातदोबाटोमा रहेको

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ