प्रधानमन्त्री केपी ओली र उर्जा मन्त्री बर्षमान पुन माथिल्लो तामाकोसी आयोजनाको स्थलगत अनुगमनमा,

चैत्र २८ /रेडियो शैलुङ्ग
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकासको नयाँ मोडलका साथ देश विकासमा अगाडि बढीरहेको उल्लेख गर्नुहुदै माथिल्लो तामाकोसी आयोजना निर्धारीत समयमै सक्नु पर्नेमा जोड दिनु भयो ।
चिनिया राजदुत यु होङ र उर्जा मन्त्री बर्षमान पुनलाई लिएर दोलखाको लामाबगरमा निर्माणाधिन राष्ट्रिय महत्वको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत अनुगमनमा पुग्नु भएका प्रधानमन्त्री ओलीले अब कुनै पनि बहानामा आयोजनाको काम रोकीन नहुने बताउनु भयो । आयोजनाको तर्फबाट प्रमुख विज्ञान श्रेष्ठले फागुनसम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले आयोजना सञ्चालनको क्रममा कुनै समस्या भए उर्जा सचिव, उर्जा मन्त्री या सिधै आफुसंग त्यसबारे कुरा गर्न आग्रह गर्नुहुर्द सरकारले हरेक समस्या तत्काल समाधान गरेर आयोजना निर्वाध ढङ्गले सञ्चालन गर्ने बाताबरण बनाउने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारको राष्ट्रिय प्राथामीकतामा परेको आयोजनाको काममा कर्मचारी परिर्वतन भएकै वहानामा ढिला गरिए त्यस्ता कर्मचारीलाई कार्वाहि हुने उल्लेख गर्नुहुदै आयोजनाको काम सरोकारवाला मन्त्रालय तथा कार्यालयले १÷२ दिनमै सक्नुपर्ने बताउनु भयो । यो आयोजना एक दिन ढिला हुदा ४ करोड नोक्सान हुन्छ प्रधानमन्त्री ओलीले भन्नु भयो – त्यसैले कुनै पनि बहानामा आयोजना एक दिन पनि ढिला हुनुहुदैन । दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा रहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट बार्षिक २ अर्ब २८ करोड युनिट उर्जा उत्पादन हुने जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस

नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहालको राजनीतिक यात्रा 

 शरद सापकोटा  ३० साउन, काठमाण्डौँ  रेडियो शलुङ्ग दोलखा/ तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण

बोल्नेभन्दा काम नै पहिलो प्राथमिकता हो : मन्त्री ढकाल

साउन १८ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानुन निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने

दोलखामा ३ दिने वृहत शैक्षिक महोत्सव सम्पन्न

  रेडियो शैलुङ्ग २० दोलखा सदरमुकाम चरीकोटमा सञ्चालन भएको तीन दिने शैक्षिक महोत्सवसम्पन्न भएको छ । शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय