प्रधानमन्त्री ओलीलाई दिइयो भारतमा मानार्थ पीएचडीको उपाधि

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा मानार्थ पीएचडीको उपाधि दिइएको छ ।

आइतबार भारतको उत्तराखन्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्दबल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी ‘अनररी डिग्री अफ डाक्टर अफ साइन्स’ उपाधिबाट विभूषित गरेको हो ।

विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ ।

दीक्षित हुनुअघि प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको बिरुवा रोपेका थिए ।

ओलीको यो दोस्रो मानार्थ पीएचडी हो । यसअघि, ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रीनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो ।

ओलीसँगै नेता विजयकुमार गच्छदार, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कान्तिपुर पब्लिकेसन्सका तत्कालीन निर्देशक रामेश्वर थापालगायतलाई सो युनिभर्सिटीले मानार्थ पीएचडी दिएको थियो ।

तर, पछि विश्वविद्यालय नै नक्कली भएको खुलेपछि महजोडी, थापालगायतले उपाधि फिर्ता गरेका थिए ।

यसअघि, सन् २०१६ मा भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि मानार्थ पीएचडीको उपाधि दिएको थियो ।

इमेज खबरमा समचार छ ।

प्रतिकृया दिनुहोस

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व देशभर मनाइँदै

रेडियो शैलुङ्ग दोलखा बैशाख ३ सोमबार वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व  देशभर मनाइँदैछ । यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार

प्रधानमन्त्री केपी ओली र उर्जा मन्त्री बर्षमान पुन माथिल्लो तामाकोसी आयोजनाको स्थलगत अनुगमनमा,

चैत्र २८ /रेडियो शैलुङ्ग प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकासको नयाँ मोडलका साथ देश विकासमा अगाडि बढीरहेको उल्लेख गर्नुहुदै माथिल्लो

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक