व्युटिसियन महिलाहरुका लागि १० दिने पुनताजगी तालिम


            दोलखाको सदरमुकाम चरिकोटमा व्युटिसियन महिलाहरुका लागि १० दिने पुनताजगी तालिमको आयोजना गरिएको छ । नेपाल व्युटीसियन संघ दोलखाको आयोजनामा भिमेश्वर नगरपालिकाका २० जना महिलालाई  सिपमुलक व्युटीसियन तालिम दिन लागिएको वताइएको छ । विभिन्न समयमा आधारभुत तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका महिलाहरुका लागि १० दिनसम्म कपाल काट्ने,कपाल रङ्ग्याउने,क्लीङजिङ,मिग्नीकेयर,पेडीक्यीयर लगायतका सिपको पुनरताजगी गराउने कार्यक्रम रहेको छ । तालिमको सहजीकरण नेपाल व्युटीसियन संघ दोलखाकी अध्यक्ष एवं रोजमेरी व्युटिपार्लरकी प्रोपाइटर कल्पना श्रेष्ठ र नविना श्रेष्ठले गर्नुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
दोलखाको भिमेश्वर नगरपालिकामा रहेको चरिकोट वजारमा १४ वटा व्युटीपार्लर सञ्चालनमा रहेका छन् । यसैवीच दोलखाको उत्तरी वजार सिगटी,मैनापोखरी,जिरी र ऐतिहासिक वजार दोलखामा पनि व्युटीपार्लर सञ्चालन हुदै आएका छन् । चैत्रको दोस्रो साताको वुधवार सदरमुकाम चरिकोटमा तालिमको उद्घाटन गर्दै भिमेश्वर नगरपालिका उपप्रमुख कमला वस्नेतले पार्लरको माध्यमवाट आत्मनिर्भर वन्न महिलालाई आग्रह गर्नुभयो । गुणस्तर काम गरेर सवै मन जित्न पनि सुझाव दिनुभयो । तालिम भीमेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाली काग्रेस दोलखाका सचिव सन्तोष रिमाल,दोलखा उद्योग वाणिज्य संघकी सदस्य अनिता श्रेष्ठ,परिवर्तन नेपाल संस्थाकी सचिव मेनुका सुवेदी,उज्यालो भविष्य सस्थाकी प्रतिनिधि निर्जला आर्चाय लगायतले शुभकामना दिनु भएको थियो । व्युटीसियनहरुले कपालमा कलर गर्नुका साथै क्लीङजिङ गरेर तालिमको शुरुवात गरेका थिए ।

 खाका महिलाहरु व्युटीपार्लरवाट आत्मनिर्भर वन्दै
दोलखाका महिलाहरु व्युटीपार्लरवाट आत्मनिर्भर वन्दै गएका छन् । व्युटीपार्लर व्यवसायवाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय दोलखामा व्युटीपार्लर व्यवसाय गर्नेको सङख्यामा वृद्धि हुदै गएको हो । व्यसायवाट राम्रो आम्दानी हुन थालेपछि विवाहित महिलासंगै किशोरीको लागि पनि आकर्षण वढेको छ । पार्लरवाट सोचेभन्दा राम्रो आम्दानी भएपछि शिक्षण पेसा छाडेर व्युटीपार्लर खोलेको वताउनुुहुन्छ रोजमेरी व्युटीपार्लर सञ्चालक कल्पना श्रेष्ठ । जागिरका लागि भौतारिने विदेश जानेको सङख्या वढिरहको समयमा आपनै परिवारसंग वसेर आम्दानी गर्न सकिने भएकोले व्युटीसियन पेसा रोजेको अर्की व्यवसायी उमा श्रेष्ठको भनाई छ । भिमेश्वर नगरपालिकामा मात्र १४ वटा व्युटीपार्लर सञ्चालनमा रहेका छन भने जिरी,मैनापोखरी,सिगटी लगायतका वजार क्षेत्रमा पनि यो व्यवसाय वढ्ने क्रममा रहेको व्युटीसियन संघ दोलखाकी अध्यक्ष कल्पना श्रेष्ठको भनाई रहेको छ ।

 

प्रतिकृया दिनुहोस

आँखाका रोगीलाई निःशुल्क उपचार गर्न एक कप चिया अभियान

शनिबार राजधानीमा एक कार्यक्रम गर्दै एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी संकलित रकम आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा

पाठेघरको मुखको क्यान्सर बढ्दो

शहरी क्षेत्रका महिलामा पाठेघरको मुखको क्यान्सर बढ्दै गएपछि वीर अस्पतालले काठमाडौंको नार्गजुन नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिविर सञ्चालन

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

काठमाडौं उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ ।  रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत