बच्चा जन्माउन बिहे गर्नैपर्छ भन्ने छैन : शान्ति प्रियवन्दना

मकवानपुरको हेटौँडामा बसेर लामो समयदेखि कविताकर्ममा लागेकी भर्भराउँदी कविको नाम हो शान्ति प्रियवन्दना । विद्यालय जीवनबाट शिक्षकहरुको प्रेरणाले कविता लेखनमा लागेकी उनको जन्म मकवानपुरकै निवुवाटारको मध्यमवर्गिय परिवारमा भयो । कविता आफ्नो आत्मीक सुखका लागि लेख्दै गरेकी उनलाई जीवनले त्यस्तो शिक्षा दियो जहाँबाट उनको जीवनले कोल्टो फे-यो र उनी आई पुगीन जनताको पीर, मर्का र बेदनाको कथा कहन । कविता जसले समाजका हरेक तप्कालाई समाजको उन्नतीका लागि प्रेरित गर्छ त्यसैमा एउटा नयाँ इट्टा थप्ने अठोटकासाथ उनी समाजलाई आन्दोलित गरिरहन र आफ्नो अधिकारप्रति सचेत गराउन कविता लेखनमा जोडिन आइपुगिन् । उनै शान्ति प्रियवन्दना कविता सुनाउन काठमाडौं आएको मौकामा रातोपाटीका लागि नरेश ज्ञवालीले कविताका विषयमा गरेको कुराकानी ।

तपाईँका कविताहरु सरल, सहज भएर किन बग्दैनन्, किन विम्बहरुको चाङ लगाएर आउँछन् ? कतै तपाईं आफै स्पष्ट नभएर हो कि ?
यही प्रश्न यहाँले पहिले सोधेको भए म अक्मकिने थिएँ होला तर आजको दिनसम्म आइपुग्दा जीवनले मलाई यति धेरै कुरा सिकाएको छ कि मैले कवितामा खेलाची गर्ने कुनै सम्भावना छैन । पहिले मैले कविता आफ्नो सन्तुष्टी र सुखका लागि लेख्ने गर्दथे तर आज त्यहि काम मैले मेरो समाज र त्यहाँ बसोवास गर्ने मानिसको परिवर्तनका लागि लेख्ने गरेकी छु । त्यसैले मलाई लाग्छ मेरा कविताहरु सरल, सहज र सजिला बिम्बमा व्यक्त हुने गरेका छन् । अर्को के कुरा पनि हो भने तपाईंले कवितामा धेरै व्याख्या विश्लेषण गर्न मिल्दैन त्यसैले त्यसको सट्टा पाठकहरुले सहजै बुझ्ने खालका विम्बहरुको प्रयोग नै कविताको सार्थकता हो भन्ने लाग्छ । मैले यो जिम्मेवारी उठाएकी हुनाले यसमै रमाउन मन लाग्छ ।

कविताहरुमा तपाईंले जुन भाव व्यक्त गर्नु भएको छ, त्यो भाव एक आपसमा भिडन्त गर्छन्, यसरी आफ्नै कवितामा भिडन्त सृजना गर्नु भन्दा तपाईंले कविता कर्मबाटै बिदा लिएमा पाठकहरुलाई सजिलो होला भन्ने मत राखेँ भने तपाईंको प्रतिक्रिया नकारात्मक हुनु पर्ने केही स्पष्ट आधारहरु के–के होलान् ?
यहाँलाई धन्यवाद । मेरा कविताहरुको भिडन्तलाई नियाल्न सक्नु भएकोमा । मलाई लाग्छ मैले तपाईंको मतको सम्मान गर्नुपर्छ । तर, मलाई त्यस्तो लाग्दैन । मलाई मेरा कविताहरुले भिडन्त गरेर कसैलाई घाइते बनाए भन्ने पनि लाग्दैन । मैले मासिनहरुको पिर, मर्का र जीवनका उतार–चढावहरुलाई कवितामा उन्ने प्रयत्न गरेकी हुँ ।

कलकलाउँदो उमेरमै कसैको श्रीमान बित्यो भने उसलाई समाजले यी केटाकेटीको मुख हेरर भएपनि तँ एकल बस्नु पर्छ भन्छ तर, कुनै बुढो पुरुषलाई उसकी श्रीमती बिती भने यी केटाकाटीका लागि भएपनि तैले बिबाह गर्नु पर्छ भन्छ । हामीले यसलाई कसरी लिने ? मलाई लाग्छ हामीले समाजका यावत कुराहरुमा अझै सोच्नु, विचार गर्नु पर्नेछ । र एउटी कवि हुनुको नाताले मैले यसलाई आफ्ना कविताहरुमा गास्नु पर्नेछ ।

हो, बरु म के स्वीकार्न सक्छु भने मैले लेखेका कविताहरुमा अझै जनताका, महिलाका, अधिकारबाट बञ्चितहरुका कुराहरु, कथाहरु मैले जुन रुपमा कहनु पर्ने हो त्यो कहन सकिनँ । भोक, रोग र शोक अनि त्यहाँबाट निस्कने शक्तिको बारेमा मैले कविता जुनस्तरमा दिनु पर्ने हो त्यस्तो दिन सकिन होला । तर भिडन्त गरे भन्ने मेरा लागि अनौठो प्रतिक्रिया हो । मानिसहरुले भोग्ने गरेका कुराहरुलाई आफ्ना कवितामा ल्याउन म झनै कटिबद्ध भएर लाग्नु पर्ने रहेछ भन्ने कुरा मैले तपाईंको प्रश्नबाट बोध गरे, त्यसका लागि तपाईंलाई फेरी पनि धन्यवाद ।

तपाईका आफ्ना कयौँ कवितामा आमा भन्ने शब्द अथवा मानकलाई आदर्शको रुपमा प्रयोग गर्नु भएको छ, जस्तै आमा माहान हुन्, आमा वात्सल्यको असिम गहिराइमा डुब्ने प्राणी हो, आमा अर्थात धर्तीमाता जसले हामीलाई अन्नपानी र टेक्न धर्ती दिएकी छ आदि । स्पष्ट शब्दमा भन्ने हो भने जसरी आम कविले आमाको विम्ब उकेर्ने गर्छन् तिनी र तपाईंमा के फरक रह्यो त ?
आमा भनेको समपर्णको प्रतिमुर्ति हो । तर त्यो प्रतिमुर्ति पूर्णरुपमा त्यही हो भन्ने समेत हुँदैन । किनभने हामीले हालै मात्र विभिन्न पत्रपत्रिकामा आमाका अन्य रुपहरु पनि देखेका छौँ । तथापि आमा मात्र आमा होइन, उ एउटी महिला पनि हो उसले जीवनमा गरेको कर्मलाई हामीले भुल्न मिल्दैन । संसदमा महिलाले ३३ प्रतिशत सहभागिता जनाउने भएपनि आम महिलाले आज पनि बोक्सी जस्ता पीडा सहनु परेको छ । त्यसैले मैले के बुझ्छु भने आमा त्यागकी प्रतिमुर्ति पनि हो ।

कलकलाउँदो उमेरमै कसैको श्रीमान बित्यो भने उसलाई समाजले यी केटाकेटीको मुख हेरर भएपनि तँ एकल बस्नु पर्छ भन्छ तर, कुनै बुढो पुरुषलाई उसकी श्रीमती बिती भने यी केटाकाटीका लागि भएपनि तैले बिबाह गर्नु पर्छ भन्छ । हामीले यसलाई कसरी लिने ? मलाई लाग्छ हामीले समाजका यावत कुराहरुमा अझै सोच्नु, विचार गर्नु पर्नेछ । र एउटी कवि हुनुको नाताले मैले यसलाई आफ्ना कविताहरुमा गास्नु पर्नेछ ।

‘तोड्न चाहन्छु समयको वन्धन’ भन्ने कवितामा तपाईंले आमा बन्ने चाहना राख्दै कसैकी पत्नी किन बन्ने भन्ने भाव पनि व्यक्त गर्नु भएको छ । मैले सोध्न खोजेको के भने कविले यथार्थको बयान पनि गर्ने हो कि काल्पनीकताको उडानमा धरातल नै छोड्ने हो ?


यस प्रश्नको जवाफ म तपाईंसामु एउटा उदाहरण दिएर राख्न चाहन्छु । पुरुष जो आफै प्राकृतिक रुपमा गर्भधारण गर्न सक्दैन उसले बच्चाको चाहाना राख्दै पालन पोषण गर्नु प¥यो भने यसकी आमा को हो भन्नु नपर्ने तर महिला जो आफै प्राकृतिक रुपमै गर्भधारण गर्न सक्छे उसलाई यसको पिता को हो ? भन्नु आफैमा अन्याय होइन ? आजको नेपाली समाज आदिम समाज होइन, न त यो २०० बर्ष अघिको सामन्तवादी समाज । आजको हाम्रो समाज पुँजीवादी समाज हो । त्यसैले यहाँ सबैको स्वतन्त्रताको सम्मान गरिनुपर्छ ।

मैले अघि भनेको कुरालाई यदि तपाईंले गलत अर्थ नलगाउने हो भने पुरुषले जे गर्छ त्यस्तै हामीले पनि गर्न पाउनु पर्छ अथवा त्यो भन्दा धेरै गरेर हामीले उनीहरुलाई प्रताडित गर्नु पर्छ भनेर मैले भन्न खोजेकी होइन । मैले महिला–पुरुष दुबैको समान महत्व र अर्थ छ त्यसैले दुबैको इच्छाको बराबरी सम्मान गरिनु पर्छ भनेकी हुँ । यो पुँजीवादी समाजमा यदि कुनै महिलाले ‘मैले कसैको बन्धनमा बस्न चाहन्न् तर मलाई गर्भधारण गरेर बच्चा हुर्काउने मन छ भनी भने तैले त्यसो गर्न पाउँदिनस्’  भन्नु के आफैमा अन्याय होइन ? बच्चा हुर्काउनका लागि बिहे जस्तो संस्थालाई अपनाउनै पर्छ भन्ने भनाईमा मलाई खासै कुनै तर्क भएजस्तो लाग्दैन । यहि कुरालाई मैले आफ्नो कवितामा झल्काउने प्रयत्न गरेकी हुँ ।

यहाँ एउटा कुरा पाठकहरुका लागि चासोको विषय हुन सक्छ तपाईं कविता किन लेख्ने गर्नु हुन्छ भन्ने ?
मैले यहि सन्दर्भ अलिक माथि पनि भनेकी थिए तर निकै संक्षिप्त । म पहिले कविता आफ्नो सन्तुष्टिका लागि लेख्ने गर्दथेँ । तर समयकालसँगै मलाई के बोध हुन थाल्यो भने कविता भनेको समाजको परिवर्तनको वाहक हो । यसमा जुन शक्ति छ, त्यसले राजादेखि रंकसम्मलाई एकै पटक सम्बोधन गर्न सक्छ । आल्हादित बनाउन सक्छ र यसले क्रान्तिको विगुल फुक्न सक्छ । भनेपछि मैले आजभोलि आफ्नो कविता सचेतन ढंगले समाज परिवर्तनका निम्ति लेखिनुपर्छ भन्ने बुझेकी छु ।

 

मिथकीय बिम्बलाई कविले आफ्ना कवितामा समावेश गर्दा कत्तिको सचेत हुन पर्दो रहेछ ?
तपाईंको आफ्नो पृष्ठभूमि र धरातल के हो भन्ने थाहा नपाइकन कुनै पनि सिर्जनशिल काम गर्न सक्नु हुन्न । मलाई लाग्छ कविता पनि त्यहि सिर्जनशील विधामध्येको एउटा विधा हो । जसमा निकै थोरै शब्दमा धेरै कुरा कहन सक्ने हुनुपर्छ । त्यसो भएमा तपाईंले आफ्ना कविताहरुमा मिथकीय बिम्बको प्रयोग गर्दा त्यसबारे कम्तीमा पनि त्यसको आधारभूत ज्ञान राख्नु पर्ने हुन्छ । नभए कुनै पनि कविले भन्न खोजेको कुरालाई स्पष्ट ढंगले भन्न सक्दैन अथवा उसले इतिहासको गलत भाष्यलाई समातेर कविता रचना गर्छ । त्यसैले यसमा सचेत हुनु पर्ने निकै जरुरी छ ।

अन्त्यमा एउटा कविमा इतिहास, राजनीति, संस्कृति र समाजलाई बुझ्ने चेत हुनु र नहुनुको बीचको अन्तर के हो ?
तपाईंले निकै राम्रो प्रश्न सोध्नु भयो । मलाई लाग्छ एउटा वास्तविक कविमा आधारभूत भएपनि इतिहास, राजनीति, संस्कृति र दर्शनबारे ज्ञान हुनुपर्छ । त्यो ज्ञानले उसलाई म कहाँ उभिएको छु भन्ने कुराको बोध गराउँछ । हामीले त्यस बेलासम्म गम्भीर कविता रचना गर्न सक्दैनौँ जति बेलासम्म हामीलाई हाम्रो धरातल के हो भन्ने बोध हुँदैन । त्यसैले मैले आफ्नै समिक्षा गर्दै यी कुराहरुको अध्ययनमा लाग्नु पर्छ भनेर विस्तारै भएपनि पाईला चालेकी छु । मलाई लाग्छ पक्कै पनि यसको सकारात्मक परिणाम निस्कनेछ । सातो पाटीबाट

प्रतिकृया दिनुहोस

दोखला सुनखानीका भुवन शिवाकोटीको आधुनिक गीति संग्रह लोकापर्ण

रेडियो शैलुङ्ग दोलखा ३ सर्जक भुवन शिवाकोटी चौघरेको नखोस मेरा यादहरु नामक आधुनिक गीति संग्रह दोलखा सदरमुकाम चरिकोटमा लोकापर्ण गरिएको छ । दोलखा

राष्ट्रिय संगित कर्मी संघ दोलखा शाखाको अध्यक्षमा मोहन तामाङ्ग

रेडियो शैलुङ्ग दोलखा बैशाख १०÷ राष्ट्रिय संगित कर्मी संघ दोलखा शाखाको  अध्यक्षमा मोहन तामाङ्ग र्निविरोध निर्वाचित भएका छन । कला, साहित्य र

‘साहित्य भोगविलासको साधनमात्रै होइन’

मसँग पटक्कै सहमत भइनन् । हुनुपर्छ भन्ने पनि होइन । नेपाली साहित्यको प्रचलित भनाइ पैंचो लिएर मैले उनलाई सोधेको थिएँ– राजनीति शौचालय हो भने साहित्य