एमाले र माओवादीको पार्टी एकता वैशाख ९ मा

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने समझदारी गरेको छ ।

 

अन्तरिम विधान र सांगठनिक संरचनाबारे सुुझाव दिन गठित छुट्टाछुट्टै कार्यदलले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको छ ।

नेताहरुका अनुसार बैशाख ९ मा पार्टी एकता घोषणा गर्ने समझदारी भएको छ । पर्सि बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एमाले र माओवादीबीच फागुन ७ मा नै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखे सहमति भएको थियो ।

तर, कार्यदलले केही विषयमा निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ । एकीकृत पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय प्रस्ताव गरिएको छ । तर, एमाले र माओवादीबाट कतिकति भन्ने टुंगिएको छैन ।

एमाले नेताहरुले जनमत अनुसार २०० एमाले र ९९ माओवादीबाट गर्दा उपयुक्त हुन तर्क गरेका छन् । तर, माओवादी शीर्ष नेताहरुले नै बराबरी सिद्धान्तका आधारमा मात्र पार्टी एकता हुने बताएका छन् ।

यस्तै जनयुद्ध शब्द विधानको प्रस्तावनामा राख्ने नराख्ने विवाद छ । चूनाव चिन्हबारे पनि सहमति हुन सकेको छैन । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस

सडक विस्तारको काम पूरा नभइ बजेट निकासा नगर्न सरकारलाई सुझाव

  १६ चैत,एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सडक विस्तारको काम पूरा नभइ बजेट निकासा नगर्न सरकारलाई सुझाव दिएका छन्

गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक

चैत ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । आज गिरिजाप्रसाद कोइराला

‘प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने हो ।

फागुन ३० नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् । पार्टीका प्रतिनिधिसभा र