पाठेघरको मुखको क्यान्सर बढ्दो

शहरी क्षेत्रका महिलामा पाठेघरको मुखको क्यान्सर बढ्दै गएपछि वीर अस्पतालले काठमाडौंको नार्गजुन नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

समयमै उपचार गर्ने हो भने पूर्ण रुपमा सन्चो हुने रोगलाई महिलाले खुलेर बाहिर ल्याउन नसक्दा धेरै महिला पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भएका छन् ।

पापिलोमा भन्ने भाइरसका कारण देखिने पाठेघरको मुखको क्यान्सर महिलाहरुमा देखिने हुने पहिलो नम्बरको क्यान्सर हो । धेरै व्यक्तिसँग यौन सम्पर्क गर्ने महिलाहरुमा यसको जोखिम उच्च हुन्छ । त्यसैगरी सानै उमेरमा धेरै सन्तान जन्माउने महिला पनि पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेको चिकित्सकहरु बताउँछन् ।

शहरी क्षेत्रमा महिलाहरु आफूलाई जानकारी भए पनि खुलेर आउन नसक्दा बढी प्रभावित भएका छन् । वीर अस्पताले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आएका महिलाहरुले समेत आफूलाई परेको समस्या खुलेर चिकित्सकरुलाई भन्न सकेका थिएनन् । रोग अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल जाने महिलाहरु आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउँदा निकै खुसी देखिएका थिए । इमेज खबरबाट

प्रतिकृया दिनुहोस

व्युटिसियन महिलाहरुका लागि १० दिने पुनताजगी तालिम

            दोलखाको सदरमुकाम चरिकोटमा व्युटिसियन महिलाहरुका लागि १० दिने पुनताजगी तालिमको आयोजना गरिएको छ । नेपाल व्युटीसियन संघ

आँखाका रोगीलाई निःशुल्क उपचार गर्न एक कप चिया अभियान

शनिबार राजधानीमा एक कार्यक्रम गर्दै एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी संकलित रकम आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

काठमाडौं उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ ।  रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत