श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Tuesday, 2017 Dec 19
दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र

 

दोलखा, पुष ५÷कतारमा रहस्यमय रुपमा मृत्य भएकी दोलखा लापिलाङ्ग गाविसकी एक युवतीको शव करिव दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन ।  
वैदेशिक रोजगारीको शिलशिलामा डेढ वर्ष अघि कतार पुगेकी दोलखा लापिलाङ्ग गाविस–३ निवासि मसली थामीको २८ वर्षिया छोरी विन्दु थामीको गत मंसिर २४ गते रहस्यमय रुपमा मृत्यु भएको थियो । कतारको दोहा स्थित आफु वस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हुो । तर दुई साता वित्न लाग्दा समेत घट्नाको छानविन र शव स्वदेश ल्याउनेवारे सम्वन्धित निकायले कुनै पहल नगरेको मृतकका भाई गोविन्द थामीले वताए । “घट्नाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारवाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपुर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभाग लगाएतका निकायमा गएपनि कुनै सुनुवाई भएको छैन, उनले भने ।” कोठामा सँगै वस्ने दोलखा सुष्पाक्षमावती माईती घर भई सिन्धुपाल्चोक विवाह गरेकी शुसिला वुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ । आफन्तजनका अनुसार शुसिलासँग गम्भिर विवाद भएको भोलीपल्ट विन्दुलाई मृत भेटिएको हो । मृतकको शव दोहा स्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घट्नावारे केही छानविन गरिरहेको वताईएको छ । मृतकका आफन्तजनले भने एकपक्षिय रुपमा घट्नाको छानविन गराएर घट्नालाई आत्माहत्या वनाई दोषीलाई उन्मुक्ति दिने र पिडित परिवारलाई क्षतिपुर्ति नदिलाउने चलखेल भैरहेको वताएका छन् । मृतकका दाई सपुन थामीले मृतकको शरिरमा चोटपटक र निलडाम रहेको र सुशिलासँग विवाद हुनुनै हत्याको प्रमाण भएको वताए । तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफुहरुलाई थप पिडा दिने काम भैरहेको उनको गुनासो छ । घट्ना भएको जानकारी पाएदेखिनै मृतकका आफन्तजन नुन् बारेर वसेका छन् ।
मृतक थामीलाई काठमााण्डौँ धापासि स्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो । उक्त कम्पनीले कतारवाट प्रहरी रिर्पोट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि वढ्नसक्ने जनाएको छ । असुरक्षित मानिएको खाडी मुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिवन्ध लगाएपनि फुकुवा गरिसकेको छ । 
मृतकका भाई गोविन्द थामी ः ९८४९२३७०६४
 
On Air Now !!!
- Listen Now
Coming Up Next »
Get the Flash Player to see this player.
विज्ञापन