श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Saturday, 2018 Feb 24
माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ

 मङ्सीर १६

निर्माण सुरु भएको पाँच महिना पछि माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको प्रवक्ता डा गणेश न्यौपानेले बताएका छन् ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जल विद्युत आयोजनाको प्रवेश मार्गको काब्रेभीर सडक खण्डमा भुकम्पले क्षति पुगेपछि गत साउनबाट रोड टनेल निर्माण सुरु गरिएको थियो । आयोजनाको बाँध स्थलसम्म पुग्ने सडक अवरुद्ध हुदा कतिपय कामहरु बन्द रहेकोमा अब आयोजना निर्माणका हेड वक्स, पावर लाईन लगाएतका सम्पूर्ण काम द्रुततर गतिमा सुरु हुने प्रवक्ता डा न्यौपानेले बताए । आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले काब्रेभीरबाट ३२ मिटर स्क्वाएर डायमिटरको  ३ सय ३७ मिटर लामो सुरुङको ब्रेक थ्रू बुधवार बिहान करिब १० बजे गरेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । रोड टनेलबाट सार्वजनिक सवारी साधनहरु भने २÷३ दिन पछिमात्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ । रोड टनेलको करिब १ सय ७० मिटरको दुरीमा सवारी साधनलाई आवतजावत गर्न सहजताको लागि ‘पासिङ जोन’ को समेत निर्माण गरिएको आयोजनाले जनाएको छ । रोड टनेल निर्माणको लागि करिब १२ करोड रुपैया खर्च भएको बुझिएको छ । 
 
On Air Now !!!
Sajha Nepal - Listen Now
Coming Up Next »
Ajako Patra Patrika(News)
Get the Flash Player to see this player.
विज्ञापन