हाम्रो बारेमा

१. पृष्ठभूमि ः  
रेडियो शैलुङ सामुदायिक एफ.एम. ९२.७ मेगाहर्ज शैलुङ्ग सञ्चार सहकारी संस्था लिमिटेडको ब्यवस्थापनमा विभिन्न उद्देश्यमा कार्यरत सहकारी संस्थाहरु, गैरसरकारी संस्थाहरु, बुद्धिजीवी, विकासपे्रमी तथा सर्वसाधारण जनताको पहल र लगानीमा सर्वसाधारण जनताहरुले खरीद गरेको शेयर र विभिन्न ब्यक्ति वा संस्थावाट प्राप्त भएको सहयोगले स्थापना भएको यो रेडियो समुदायद्वारा प्रवर्धित, नियन्त्रित, सञ्चालित र निर्देशित छ । राष्ट्र निर्माणको प्रकृयामा शेयर सदस्यहरु र स्थानीय जनताको सहभागीता गराउँदै सामुदायिक रेडियोको माध्यमबाट लोकतन्त्रका उपलब्धिहरुलाई गाउँसम्म पु¥याइ दिगो शान्ति, अग्रगमन, मानवअधिकारको रक्षा र लोकतन्त्रको संस्थागत विकासमा टेवा पु¥याउनका साथै, सामाजिक, आर्थिक, साँस्कृतक विकासको माध्यमवाट समृद्ध जीवन र समाज निर्माणमा टेवा पु¥याउने उद्द्ेश्यले रेडियो शैलुङ सामुदायिक एफ. एम. को स्थापना गरिएको हो ।
सजिलो सूचनाको माध्यम रेडियो हो । रडियोवाट संप्रेषण गरिएको सूचनाले ज्ञान, सीप, धारणा र प्रविधी हस्तान्तरणमा सहजता गरिरहेको हुन्छ । सामुदायिक सूचना र मानवअधिकारका आवाजहरुलाई सञ्चार वकालत, सचेतना मुलक कार्यक्रमको माध्ययमवाट लाखौं शहरी तथा ग्रामीण श्रोताहरुको माझमा पु¥याउने परिकल्पनाबाट शुरु गरिएको थियो ।

२. रेडियोको संक्षिप्त विवरणः
सञ्चालकः शैलुङ सञ्चार सहकारी संस्था लिमिटेड
नामः रेडियो शैलुङ सामुदायिक एफएम ९२.७ मेगाहर्ज
स्थापनाः २०६५ साल भाद्र ३१ गते
दर्ता नं.ः २८५, ००६४÷६५ र लाइसेन्स नं.ः ५२२ नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय
सहकारी दर्ता नं.ः
फोन नं.ः  ०४९ – ४२१८११, ०४९–४२१८१२
फ्याक्सः ०४ – १४२१८११
इमेलः चकबष्गिलन२नmबष्।िअयm
वेबसाइटः धधध।चबमष्यकबष्गिलन।यचन
चरिघ्याङ रोड, चरिकोट, भीमेश्वर नगरपालिका, १०

३. लक्ष्य ः
दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सबै श्रोता र जनताहरुमा सहज सूचनाको पहुँच बढाउने र विशेष गरी पछाडि पारिएका, सीमान्तकृत, वञ्चित समुदायको अधिकारलाई वकालत, चेतना मूलक र सिर्जनात्मक सूचनाको माध्यमबाट विकासको मूल प्रवाहमा ल्याउनु रेडियो शैलुङ सामुदायिक एफ.एम. को लक्ष्य हो ।

४. उद्देश्य ः
ज्ञ।    ग्रामीण तथा दुर्गम क्षेत्रमा रेडियो तथा संचार माध्यमको पहुँच बढाउने ।
द्द।    मानवअधिकार, समाजिक न्याय, कानूनी शासन, सुशासन, समन्याय र समावेशिकरणको पक्षमा वकालत गर्ने ।
घ।    पछाडि पारिएका समुदायको लागि बौद्धिक, प्राविधिक र व्यवहारिक ज्ञान प्रसार गर्ने ।
द्ध।    स्वस्थ, सिर्जनशील सांस्कृतिक मनोरञ्जन दिलाउने ।
छ।    सरकारी, सामुदायिक तथा सार्वजनिक सूचनाहरु प्रवाह गर्ने ।
ट।    लोकतन्त्रको संस्थागत विकासलाई मद्दत पुग्ने गतिविधिहरु सञ्चालन गर्ने ।
ठ।    राष्ट्र निर्माणका लागि नागरिकलाई वलियो वनाउने ।


५. लक्षित श्रोता र सुन्न सकिने भुभाग (ऋयखभचबनभ)
सर्वसाधारण श्रोता, स्थानीयस्तरका समूहहरु, सामुदायिक वन उपभोक्ता समूहहरु, गैरसरकारी संस्थाहरु, शैक्षिक संस्थाहरु, सहकारी संस्थाहरु, सामुदायिक रेडियो श्रोता क्लवहरु, धार्मिक समूहहरु, राजनीतिक पार्टीहरु, उद्योग ब्यावसायीहरु, संचारकर्मीहरु, स्थानीयक निकाय विज्ञापन एजेन्सीहरु, दातृ संस्थाहरु यस सामुदायिक रेडियोको लक्ष्यित समूह हुनेछन् ।
रेडियोको प्रसारण सेवा दोलखा, रामेछाप, सिन्धुली खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुपाल्चोक र  काभ्रेपलाञ्चोकका अधिकांश  भाग तथा  धनुषा, सर्लाही, सिराहा, महोत्तरी, भक्तपुर, ललितपुर, भोजपुर, संखुवासभा, उदयपुरका विभिन्न भागमा स्पष्ट रुपमा सुन्न सकिन्छ । धधध।चबमष्यकबष्गिलन।यचन मा लगन गर्दा संसारका जुनसुकै कुनामा पनि सुन्न सकिन्छ ।

मानवअधिकार तथा अधिकारमुखी विकास अवधारणाको प्रचार प्रसार
यी कार्यक्रमहरु समाचार, अधिकारमुखी, चेतनामूलक, सूचनामूलक, आयआर्जनमूलक, शैक्षिक, खेलकुद, अन्तरवार्ता, बहस, अन्तरत्र्रिmया तथा छलफल, नाटक, साहित्यिक, साँस्कृतिक, धार्मिक, मनोरञ्जन एवं विज्ञापनको रुपमा प्रस्तुत भइरहेकाछन् ।

९. संगठन ः
शैलुङ्ग सञ्चार सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा रेडियो सञ्चालनका लागि एक छुट्टै सहकारीको विभागको रुपमा रेडियोको कार्यसमिति कार्यरत छ । समितिले रेडियोको ब्यवसायिक विकासका लागि छुट्टै आर्थिक प्रशासनीक विनियमावली तथा रेडियो सञ्चालनको सांगठनिक संरचना, समाचार नीति, बजारनीति, प्राविधिकनीति बनाइ कार्यान्वयन गरिरहेकोछ । रेडियोको ब्यवस्थापन र सञ्चालनका लागि कार्यकारी निर्देशक र स्टेशन म्यानेजर रहेका छन् । स्टेशन म्यानेजरको माताहत म्यानेजर र म्यानेजरको मातहतमा प्राविधिक, कार्यक्रम, समाचार शाखा, बजार र लेखा÷प्रशासन रहेका छन् । कार्यक्रम अन्तर्गत उत्पादक÷कार्यक्रम प्रस्तोता र विषयगत इकाइ रहनेछन् । समाचार ब्युरो अन्तर्गत सम्पादक÷समाचार संकलक÷समाचार वाचक र समाचार प्रतिनिधिहरु जिल्ला र  विभिन्न जिल्लाहरुमा रहेका छन् ।
१०. आवद्धता ः
    अमार्क
    सामुदायिक रेडियो प्रसारक संघ (एकोराव)
    सञ्चार सहकारी राष्ट्रिय सञ्जाल
    ब्क्ष्द्यम्
११. समन्वय, सहकार्य ः
    इक्वलएक्सस
    द्यद्यऋ ध्यचमि तचगकत
    सामुदायिक सूचना सञ्जाल (ऋक्ष्ल्)

१२. हाल सञ्चालित कार्यक्रमः
क. समाचारः (दैनिक)
    ऋक्ष्ल् साझा खवर २ वटा
    द्यद्यऋ १ वटा
    राष्ट्रिय तथा स्थानीय बुलेटिन ११ वटा (थामी, शेर्पा, सुनुवार सहित)

    समाचार रिपोट (हप्ताको २ वटा)
    स्थानीय पत्रिका खवर (हप्ताको ७)
    जनआवाज (ख्यहउयउ) दैनिक
ख. कार्यक्रमहरुः (हप्तामा)
धार्मीक
    भजन ७, वटा
    पुरान कथा ७, वटा
    रासीफल ७ वटा
    लामा राशीफल

ग. मनोरञ्जनः
    शैलुङ्ग देउराली हप्ताको १० वटा
    गाँउवेशी हप्ताको २ वटा (पुनप्रशारण सहित)  
    साहित्यक कार्यक्रम हप्ताको ३ (विश्राम,वसिवियालो,सुमधुर साँझ) पुनप्रसारण सहित  
    के छ खवर ?
घ. बहस, चेतना, वकालत, सूचना, ज्ञान र सीप र प्रविधिको विषयमा कार्यक्रमः (साप्ताहिक)
रेडियाको उत्पादन
    शैलुङ्ग ुसंवाद
    समय सन्दर्भ
    नसुनिएका आवज
    वलियो घर
    साझा वोली
    सामुदायिक मेल मिलाप
    वैदेशिक खवर
    हाम्रो सरोकार
    सम्झनाको चौतारीमा
    जवाफदेहिता
    बालचौतारी
    गन्तव्य
    कृषि कार्यक्रम
    जनजीविका
    मानव धर्म
    साझा सवाल,
    सहयोगी हातहरु
    महिला आवाज
    कटुवाल रेडियो कार्यक्रम
    मानवताका लागि हातेमालो
    हेल्लो भन्छिन आमा
    आलीदेखि थालीसम्म
    साझा वाटो
    नेपाली शैनिक
    रेडक्रश स्वास्थ्य

 

...............................

प्रत्येक हप्तामा ३२ वटा कार्यक्रम सञ्चालन हुँदै आएका छन । जसमध्ये १९ कार्यक्रम रेडियोको आप्नै उत्पादन रहेको छ ।

१३. हालकार्यरत रेडियोका कार्यकर्ताहरुः
    समाचार डेक्सः १२
    रेडियो कर्मी (च्व्) १४ जना
    प्राविधिकः ४ जना
    लेखा, प्रशासनः ६
    जिल्ला रिपोटर (सम्बाददाता)ः ११
    स्थानीय रिपोटरः २०
    जम्माः ६७ जना (रेगुललर र पार्टटाइम)
१४. चुनौतिः
    भरपर्दो आर्थिक श्रोत र सानो बजार
    दक्ष र ब्यावशायिक रेडियोकर्मीको अभाव
    स्थानीय तह पुनर संरचनासंगै नीतिगत अन्यौलता
    दिगो ब्यवस्थापन (संरचना र ब्यक्ति)
    नियमित प्रतिनिधि वा समाचार प्रेशक,
    श्रोताहरुको मागपुरा गर्न नसक्नु
    नयाँ नयाँ प्रविधिहरुको विकास र आर्थिक अभाव
